कृपा संवाददाता
कलैया – कार्यक्रमका प्रमुख अतिथिलाई पहिरयाउन तयार गरिएको माला जनतालाई लगाईएको छ । पूर्व वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवलाई लगाउनका लागि तयार गरिएको ५१ किलोको माला निर्वाचित वडा अध्यक्ष जनाबी खातुनलाई नै लगाईएको हो । बाराको करैयामाई गाउँपालिका वडा नम्बर ४ को नयाँ भवनको शिलन्यासको क्रममा वडा नम्बर ४ की अध्यक्ष खातुनलाई लगाइएको हो ।

 

 

 

 

 

 

बाराको करैयामाई जस्तो गाउँपालिकामा मुस्लिम महिलाले वडा अध्यक्षमा निर्वाचित भएर जनताको सेवामा समर्पित भएकोले पूर्वमन्त्री यादवले आफूले माला नलगाउने भनेर सम्मान स्वरुप सो माला वडा अध्यक्ष खातुनलाई लगाई दिए । सो कार्यक्रममा पूर्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव प्रमुख अतिथि रहेका थिए । भने बिशिष्ट अतिथीमा पूर्व खेलकुदमन्त्री पुरुषोत्तम पौडेल रहेका थिए ।

 

 

 

 

प्रमुख अतिथि तथा विशिष्ट अतिथिले महिला सशक्तिकरण र समाजमा पुराएको योगदानको कदर गर्दै वडा अध्यक्ष खातुनलाई सम्मान गरे । कार्यक्रममा बोल्दै पूर्वमन्त्री मातृका यादवले पार्टीमा कसैलाई पनि मन पनि गर्ने अधिकार नभएको बताए । पार्टी भित्र रहेर मनपरी गर्ने, फटही गर्नेका दिन अब गएको चेतावनी समेत दिए । वर्तमान कम्युनिष्ट सरकारले नै शोषित पीडित जनताको पक्षमा काम गर्नुपर्ने अन्यथा कम्युनिस्टको इतिहास समेत समाप्त हुने भएकोले कार्यकर्ताले सरकार र पार्टी नेतृत्वलाई सहि दिशामा ल्याउन र राम्रो काम गर्नको लागि दवाव दिनुपर्ने स्पष्ट पारे ।

 

 

 

 

 

 

 

कार्यक्रममा पूर्व खेलकुद मन्त्री पुरुषोत्तम पौडेल , संविधानसभाका सदस्यहरू गोपाल ठाकुर, जयराम दाहाल, नेकपा केन्द्रीय सदस्य दिनेश कुमार राई लगायतले मन्तव्य व्यक्त गरेका थिए । करैयामाई गाउँपालिका वडा नम्बर ४ को कार्यालय भवनको पूर्वमन्त्री यादवले शिलान्यास गर्नुभएको छ । कार्यक्रमको सभापतीत्व वडा अध्यक्ष जनाबी खातुनको रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here