नरेश गुप्ता

बरियारपुर,बाराको सुवर्ण गाउँपालिका वडा नम्बर ४ हर्दियामा स्थानीय दलित समुदायका बासिन्दाहरुको लागि जनचेतनामूलक सरसफाइ कार्यक्रम मंगलबारदेखि सुरु भएको छ ।

महागढीमाई नगरपालिका वडा नम्बर १ स्थित महिला उत्थान तथा बिकास नेपालको आयोजना तथा सुवर्ण गाउँपालिकाको सहयोगमा संचालित दुईदिने सरसफाइ कार्यक्रममा स्थानीय १ सय ८० दलित महिलाहरूको सहभागिता रहेको छ ।

दलित समुदायमा सरसफाइको चेतना जगाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको वडा अध्यक्ष दोलेन्द्र यादवले जानकारी दिनुभयो । कार्यक्रममा सरसफाइ स्वस्थ जीवनको आधार भएकोले मानिसले आफ्नो ब्यक्तिगत सरसफाइदेखि वातावरणीय सरसफाइमा समेत ध्यान दिनु पर्नेमा जोड दिइएको थियो । सरसफाइप्रति ध्यानाकर्षण गराउने उद्देश्यले सहभागी महिलाहरुलाई सरसफाइ सम्बन्धि जानकारी गराइएको थियो ।

कार्यक्रमको उद्देश्यबारे नरेश गुप्ताले प्रकाश पार्नुभएको थियो । सहभागी महिलाहरुलाई व्यक्तिगत सरसफाइ, आफ्नो शौचालय, घरवरिपरी सफा तथा सुग्घर बनाउनु पर्ने, महिलाहरुले महिनावारीको समयमा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्ने र खाना खानुअघि खानापछि साबुन पानीले हात राम्रोसँग धुने तरिकाको बारेमा प्रशिक्षक शिवशंकर यादवले प्रशिक्षण दिइ रहनुभएको छ ।

सो अवसरमा सुवर्ण गाउँपालिकाको वडा नम्बर १ वडा अध्यक्ष हरिशंकर महतो, समाजिक बिकास शाखा प्रमुख संजिव राम, वडा सद्स्य जाटाशंकर यादव, हर्दिया अस्पतालका हेल्थ असिस्टेन्ट गोबिन्द राम लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन अनिल पाण्डेले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here