हुन त सत्ता सबैका लागि प्यारो हुन्छ नै । राजनीति गरेपछि मन्त्री बन्ने चाहाना राख्नुपनि गलत होइन तर सत्ता र मन्त्रीको लागि नै भएपनि सरकारको अदलबदल गरिरहनु भनेको चैं अस्थिर राजनीतिको शुरुवात गर्नु हो ।नेपालमा सत्ता र भत्ताका लागि यस्ता राजनीति विगतमा धेरै पटक भए । माओवादीको उदय हुनुभन्दा अगाडि यस्ता थुप्रै भए । माओवादीले यो त एकदमै गलत भन्दै आयो तर पछि आफै फस्दै गइरहेको छ ।देशमा तीन प्रकारको सरकार मध्ये स्थानीय तहमा यो समस्या नभएपनि प्रदेश र संघीय सरकारमा छ । हुनत कतिपयले भने जस्तै हाम्रो निर्वाचन प्रर्णालीको कमजोरीका कारण पनि यस्तो परिपाटीको विकास भएको हो । पाँच वर्षका लागि भनिएको सरकारले आफ्नो कार्यंकाल पूरै अवधि बिताएको इतिहाँस छैन । बरु पाँच वर्षमा करिब करिब पाँच वटै प्रधानमन्त्री हुने अवस्था देखिएको छ । अस्थिरता बढी हुने मधेस प्रदेशमा पनि सरकार फेरबदलको कुरा आएको थियो तर अहिलेलाई यही सरकार अथवा मुख्यमन्त्रीलाई भनौं न निरन्तरता दिने बिषयमा सहमति जुटेको छ । मधेस प्रदेश होस् वा कुनै प्रदेश वा संघीय सरकार नै कम्तीमा पाँच वर्ष काम गर्न दिनुपर्छ र काम नगर्नेलाई भने जनताले हिसाबकिताव चैं अब गर्ने गरेकै छन् । त्यसैले अब राजनीतिक दलहरुले अस्थिरता विहिन राजनीतिको अभ्यास अब गर्नुपर्छ ।
















