निजगढ,जेनजी आन्दोलनको क्रममा गत भाद्र २४ गते भिमफेदी कारागारबाट फरार बनेका एक जना कैदीलाई बारा प्रहरीले कारखानाबाट तामाको तार चोरी गरेको आरोपमा पक्राउ गरेको छ ।प्रहरीले फरार कैदी खोजतलासको क्रममा बाराको प्रसौनी गाउँपालिका वडा नम्बर १ बस्ने वर्ष २६ को बिशाल मुखियालाई प्रसौनी गाउँपालिका वडा नम्बर १ स्थित बिश्वकर्मा मेटल ईन्डस्ट्रिजबाट तामाको तार चोरी गर्ने क्रममा आज पक्राउ गरेको हो ।

कारबाहीको सिलसिलामा जिल्ला प्रहरी कार्यालय बारा मातहतको इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलीले उनलाई घरबाटै पक्राउ गरेको हो ।मकवानपुर जिल्ला अदालतबाट किर्ते-डाका मुद्दामा मुखियालाई ५ वर्ष ६ महिना कैद र १ लाख रुपैया जरिवाना फैसला गरेको थियो । भिमफेदी कारागारमा सजाय भुक्तानी गरिरहेका मुखिया भदौ २४ गते कारागार तोडी फरार भएका थिए ।मुखियालाई बारा जिल्ला अदालतबाट चोरी मुद्दामा म्याद ७ (सात) दिन थप गरी अनुसन्धान कार्य भइरहेको बारा प्रहरीले जनाएको छ ।

Leave a Reply