रौतहट, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका – १ मा ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । ठक्करबाट स्थानीय ५५ वर्षीय विमला कुमारीको मृत्यु भएको हो ।प्रहरीका अनुसार ना ५ ख १५०० नम्बरको मालवाहक ट्रकले महिलालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।महिलाको मृत्यु पछि आक्रोशित स्थानीयले ट्रकलाई नियन्त्रणमा लिएर आगजनी गरेका छन् । प्रदर्शनकारीहरूका अनुसार ट्रकले ठक्कर दिएपछि महिला घाइते भएकी थिइन् । तर उनलाई उद्धार गर्नुको साटो चालकले ट्रक ब्याक गरेर उनलाई किचेर मारेको थियो । सोही आक्रोशमा स्थानीयहरूले ट्रकमा तोडफोड र आगजनी गरेको बुझिएको छ ।ट्रकमा आगजनी गरेपछि प्रहरीले नगरपालिकाको वारुण यन्त्र बोलाएको थियो । वारुण यन्त्र आएपछि भीडले त्यसमा पनि ढुङ्गामुढा गरेका छन् । उनीहरुले केहीबेर पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध पारेका थिए ।