हेटौंडा । प्रदेश नम्बर ३ को नाम बाग्मती राख्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रदेश कमिटी र प्रदेश सभा दललाई निर्देशन दिने निर्णय गरेको छ । आइतबार बसेको सचिवालय बैठकले प्रदेश राजधानी भने अहिले रहेकै हेटौँडा कायम गर्न पनि निर्देशन दिने निर्णय गरेको हो । प्रदेशको नाम र राजधानीका विषयमा नेकपाकै सांसदहरु एकमत नहुँदा दुई वर्षदेखि निर्णय हुन सकेको थिएन ।
नेपाल मण्डल, नेवा ताम्सालिङ वा बाग्मती के नाम राख्ने भन्नेमै नेकपाका सांसदहरुबीच विवाद थियो । यस्तै राजधानीका विषयमा पनि उनीहरुभित्र काभ्रे, भक्तपुर, हेटौँडा कहाँ राख्ने भन्नेमा विवाद थियो । प्रदेश सांसदहरुबीच विवाद हुँदा नामाकरण र राजधानी तोक्न ढिलाइ भएपछि नेकपाको सचिवालय बैठकले प्रदेश सभा दल र प्रदेश कमिटीलाई आफूले गरेअनुसार निर्णय गर्न निर्देशन दिएको हो ।
प्रदेश नम्बर ३ को प्रदेश सभामा नेकपाको दुई तिहाइ बहुमत छ । आफ्नै पार्टीको दुई तिहाइको बहुमत रहेकाले नेकपाको सचिवालय बैठकले नाम र राजधानी टुङ्गो लगाउँदै त्यहीअनुसार निर्णय गर्न निर्देशन दिएको हो । नेकपाको सचिवालयले दिएको निर्देशनअनुसार अब प्रदेश सभाले निर्णय गरेपछि नाम र राजधानीले औपचारिकता पाउने छ ।
प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नाम र राजधानी टुङ्गो लगाउन प्रदेश सभाबाट कठिन भएकाले पार्टीले नै निर्देशन दिनुपर्ने भन्दै अध्यक्षसामु प्रस्ताव राख्नुभएको थियो । मुख्यमन्त्रीकै आग्रहबमोजिम नेकपाले प्रदेशको नाम र राजधानी टुङ्गो लगाउँदै त्यसैअनुसार आफ्ना सांसदलाई अघि बढ्न निर्देशन दिएको हो । सचिवालय बैठकमा सभामुख चयन र राष्ट्रिय सभा चुनावका विषयमा भने समय अभावका कारण कुनै छलफल हुन नसकेको नेकपाका महासचिव विष्णु पौडेलले बताउनुभयो ।
यसैबीच प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौंडा कायम गर्ने निर्णको हेटौंडा उपमहानगरपालिकाले स्वागत गरेको छ । उपमहानगरपालिकाको कार्यपालिकाको वैठकले स्थायी राजधानी हेटौंडा राख्ने निर्णणको स्वागत गरेको हो । विगत दुईवर्ष देखि प्रदेशको अस्थायी राजधानीका रुपमा रहेको हेटौंडालाई स्थायी राजधानी वनाउन निर्णयको स्वागत गरिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो ।
प्रदेशभरीमा उपमहानगरपालिकालाईनै केन्द्र मानेर स्थायी राजधानी तोकिएकोमा खुसी रहेको वताउँदै मेयर महतले भन्नुभयो–‘हेटौंडा देशकै प्रचुर संभावना भएको शहर हो । सफा र सुन्दर शहरीका रुपमा विकास गर्न लागिपरेका छौ । त्यसमा पनि प्रदेशको स्थायी राजधानीका लागि नेकपाको सचिवालय वैठकले निर्णय गर्दा निकै खुसी छौ ।’ प्रदेशको स्थायी राजधानी हेटौंडा तोक्ने काम संगै नाम वागमती प्रदेश राख्ने निर्णय समेत गरेको थियो ।
हेटौंडा उपमहानगरपालिकाको आजको कार्यपालिकाको वैठकले नेपाल भ्रमण वर्ष २०२० लाइ भव्य रुपमा सफल वनाउन लाग्ने निर्णय गरेको छ । हेटौंडाको शहिद स्मारक, गुम्वाडाँडाको मुर्ति वगैचा र चुरीयामाईको शुरुङलाई प्रमुख पर्यटकिय गन्तव्यका रुपमा छनौट गरिएको छ ।
अझै हेटौडाका संभावना बोकेका क्षेत्रलाई पर्यटकिय गन्तव्यका रुपमा विकास गर्नका लागि विभीन्न कार्यक्रम गरिने मेयर महतले वताउनुभयो । पर्यटन वर्ष सफल वनाउन विभीन्न समिति गठन गर्ने, ब्रोसर निकाल्श्नेटोल विकास संस्था, सामुदायिक वनलाईए परिचालन गर्ने, होमस्ट्रे तालिमहरु सञ्चालन गर्ने लगायतका काम पर्यटन वर्षलाई लक्षित गरेर उपमहानगरपालिकाले गर्न लागेको छ ।
नेकपा सचिवालय वैठकको निर्णय जनसरोकार केन्द्र मकवानपुरद्वारा स्वागत
प्रदेश राजधानी हेटौंडा कायम गर्ने नेकपा सचिवालय वैठकको निर्णयको जनसरोकार केन्द्र मकवानपुरले स्वागत गरेको छ । केन्द्रका संयोजक धुर्व प्रसाद चौलागाईले विज्ञप्ती जारी गर्दै यसको स्गात गर्नुभयो । प्रदेश नम्बर तीनको अस्थायी राजधानी हेटौंडा कायम गर्नुपर्दछ भन्दै शुरु गरिएको अभियान सार्थक भएको उहाँले वताउनुभयो ।