जीतपुर,जीतपुरसिमरा उपनगरपालिका वडा नम्बर ७ मा रहेको फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयले बुधवारबाट निशुल्क कम्प्युटर कक्षा संचालन गरेको छ ।वडा नम्बर ७ को आर्थिक सहयोगमा विद्यालयले निशुल्क कम्प्युटर कक्षा संचालनमा ल्याएको हो । जीतपुरसिमरा उपमहानगरपालकाभित्रका सबै वडाबाट सहभागिता हुने गरी करिब ४ सय विद्यार्थीहरुको सहभागीतामा कम्प्युटर कक्षा संचालनमा आएको हो ।

एक सिफ्टमा ४० जनासम्म पढ्न मिल्ने सो कक्षा बिहान र बेलुका गरी २ सिफ्टमा संचालनमा ल्याएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष एवम जीतपुरसिमरा वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल गुप्ताले जानकारी दिनुभयो ।कम्प्युटर कक्षा उद्धाटन कार्यक्रमलाई सम्बोधन गर्दै मधेस प्रदेशका प्रदेश सभा सदस्य देवनारायण चौधरीले पछिलो समय जीतपुर स्कुलले गरेको प्रगतिको प्रशंसा गर्दै विद्यालयको भैतिक तथा शैक्षिक विकासमा सहयोग गर्न आफु सधै तत्पर रहेको र बताउनुभयो ।

यसैगरी जीतपुरसिमराका नगर प्रमुख राजन पौडेलले शिक्षा क्षेत्रमा आमुल परिवर्तन गर्दै जीतपुरसिमरालाई शैक्षिक केन्द्रकै रुपमा परिचित बनाउने उद्देश्यका साथ अगाडि बढ्ने योजनामा सबैले सहयोग गर्न आग्रह गर्नुभयो ।यसैगरी भौतिक संरचना अपुग रहेको जनगुनासो बढिरहेको सो विद्यालयमा विद्यार्थीको संख्यामा समेत उल्लेख्य बृद्धि भएको कुरामा ध्यानमा राखेर विद्यालयको भौतिक संरचना निर्माण गर्न यस पटक बजेट विनियोजित गरिसकेको र अगामी वर्षको योजनामा थप बजेट राख्ने नगर उपप्रमुख भोला अधिकारले प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

प्राविधिक शिक्षा आजको आवश्यकता रहेको बताउँदैैँ वडा अध्यक्ष सुनिल गुप्ताले रोगजारी खोज्ने सबैबाट कम्प्युटर तालिमको माग आउने गरेकोले आफुले कक्षा संचालनको पहल गरेको बताउँनुभयो । उहाँले आफु वडा अध्यक्ष रहेसम्म निशुल्क कम्युटर तालिम सीकाइ कक्षा नरोकिने प्रतिबद्धता पनि जनाउनुभएको छ ।वडा नम्बर ७ का वडा अध्यक्ष एवम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका सुनिल गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य सीता उप्रेती, नुरुल्लाह अंसारी, विद्यालय अभिभावक संघका अध्यक्ष अफताब आलम, समाजसेवी शिवजी साह सोनार, एन प्याप्सन जीतपुरसिमराका अध्यक्ष अनिल तिवारी लगाएको उपस्थिति रहेको थियो । सीता अधिकारीको सहजीकरणमा आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजु सिहंले विद्यालयको बारेमा जानकारी सहित शुभकामना मन्तव्य राख्नुभएको थियो ।

Leave a Reply