मनोज शाह
जीतपुर,प्रेस चौतारी नेपाल, बारा जिल्लाको जिल्ला भेला आज सफलतापूर्वक सम्पन्न भएको छ । भेलाको अध्यक्षता प्रेस चौतारी नेपाल बारा जिल्लाका अध्यक्ष थानेश्वर सापकोटाले गर्नुभएको थियो ।भेलामा बारा क्षेत्र नम्बर १ का पूर्व सांसद एंव आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार अच्युत मैनाली, क्षेत्र नम्बर २ का उम्मेदवार बलवीर चौधरी, क्षेत्र नम्बर ३ का उम्मेदवार तथा पूर्वमन्त्री ज्वाला शाह तथा क्षेत्र नम्बर ४ का उम्मेदवार पूर्वमन्त्री एंव उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) ले आ–आफ्नो धारणा राख्दै चारै क्षेत्र जिताएर बारा जिल्लालाई “लालकिल्ला” बनाउने लक्ष्यका साथ प्रेस चौतारी नेपालका सदस्यहरूलाई एकताबद्ध भएर लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै पूर्वमन्त्री ज्वाला साहले नेकपा एमाले देश र जनताको हितमा निरन्तर काम गर्ने पार्टी भएको उल्लेख गर्नुभयो । यस्तै, क्षेत्र नम्बर ४ का उम्मेदवार किसान श्रेष्ठले हरेक जाति, जनजाति तथा समुदायका हक–अधिकारको पक्षमा बुलन्द आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले पार्टीका एजेन्डाहरू जनतामाझ पु¥याउन आवश्यक रहेको औंल्याउँदै देश बचाउन र विकास गर्न नेकपा एमाले नै विकल्प भएको दाबी गर्नुभयो ।भेलामा प्रेस चौतारी नेपालका विभिन्न पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूको सक्रिय सहभागिताले कार्यक्रममार्फत एकताको सन्देश थप सशक्त रूपमा प्रवाह भएको आयोजकले जनाएको छ ।

Leave a Reply