मनहर्वा – साविक मनहर्वा गाविसका अध्यक्ष देवचन्द्र प्रसाद चौधरीको निधन भएको छ । चौधरीको ८० बर्षको उमेरमा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका १७ जैतापुर स्थीत आफ्नै घरमा शनिबार साँझ निधन भएको हो ।

 

२०५४ सालमा तत्कालिन नेकपा एमालेबाट मनहर्वा गाविसको अध्यक्षको जिम्मेवारी पुरा गरेका चौधरी केहीबर्ष अघिबाट पिसाव सम्बन्धी रोगबाट ग्रसित थिए । २०४९ सालको स्थानिय निर्वाचनबाट गाविसको उपाध्यक्ष समेत भएका थिए ।

 

 

चौधरीको पार्थीव शरिरमा नेकपा जिल्ला सहईन्चार्ज एवं प्रदेशसभा सदस्य ज्वाला कुमारी साहले पार्टीको झण्डा ओडाए अन्तीम श्रद्धाञ्जली ब्यक्त गरिकी थिईन् । पूर्व जनप्रतिनीधि चौधरीले देश, जनता र पार्टीका लागि गरेको योगदान भुल्न नसकिने साहले बताईन् । पार्टी र समाजका लागि विनास्वार्थ निष्ठापूर्वक अहोरात्र काम गर्ने चौधरीबाट आजका कम्युनिष्टहरुले धेरै कुरा अनुशरण गर्न सक्नु पर्ने धारण राखिन । चौधरीको निधनबाट सिंगो पार्टी र समुदायमाले अतुलनीय क्षेती भोग्नु परेको उनको भनाई थियो ।

 

 

चौधरी २०२८ सालबाट नेपाल कम्युनिष्ट पार्टी नजिक रहेर सामाजिक सेवामा लागेका थिए । २०४७ सालमा पार्टिको कृयासिल सदस्य हुँदै गाविस अध्यक्ष बनेका उनी सालिन नेता उवं सामाजिक अगुवाका रुपमा परिचित रहेको स्थानिय नेकपा रोहीत प्रसाद चौधरीले बताए ।

 

 

चौधरीको आजै नजिकैको पसाह खोलामा हिन्दु परंपरा उनुसार अन्त्यष्ठी गरिएको छ । अन्त्यष्ठीमा नेकपा यूवा संगठनका केन्द्रीय सचिव धु्रब यादव, स्थानिय नेताहरु भिम लामा, अर्जुन प्रसाद दाहाल, रोहीत प्रसाद चौधरी, अशोक लामा, अमृत शर्मा बजगाई, बसन्त खतिवडा, प्रेमलाल यादव, आत्माराम भट्टराई, टंक प्रसाद लुईटेल लगायत स्थानियको सहभागिता रहेको थियो । चौधरीका पत्नी एक छोरा, दुई छोरी र ६ जनाबढी नातीनातीना छन् ।

Leave a Reply