तराई मधेशको कुरा गर्ने हो भने हिउँदमा शुरु हुने शीतलहरबाट बर्षेनी कयौं नागरिकहरुले ज्यान गुमाउनु परेको देखिन्छ । यो वर्ष भने त्यस्तो नहोस् बेलैमा आश गरौं । तर नचाहादा नचाहादै पनि यस वर्षको शीतलहर अली चाढै नै शुरु हुन लागेको लक्षण देखिदैछ । शीतलहर एउटा विपत्तिको रुपमा देखा पर्दै गएको छ । यसबाट पनि तराईको जनजीवन प्रभावित हुदै आएको छ । शितलहरको नियन्त्रण त गर्न सकिदैन तर हामीले चाह्यौं भने यसबाट पर्ने प्रभाव र क्षेतिलाई भने अवश्य नै न्यनीकरण गर्न सकिन्छ । यसको लागि पूर्व तयारी आवश्यक छ । तर हामी कहाँ शितलहर शुरु भएपछि मात्रै यसबारे सोच्ने प्रचलन छ । समयमै ध्यान दिन नसक्दा पनि बढी क्षति हुने गरेको हो । शीतलहर शुरु हुनुभन्दा पहिला सबै पालिकाहरुले तयारी गरेको अवस्थामा आम नागरिकहरुलाई चिसोबाट बचाउन सकिन्छ नै । यो बिषयमा मध्य तराईको कम्तीमा बारा र पर्सामा रहेका पालिकाहरुले नीति बनाउन आवश्यक छ ।
अहिले त घाम लागेको छ । बिहान र बेलुका चिसो भएपनि खासै असर गरिहालेको भने छैन । शीतलहरले वृद्ध र बालबालिकालाई सबैभन्दा बढी समस्यामा पार्र्ने भएकाले पनि यसबाट बचाउनु सबैको दायित्व र कर्तव्य हो । त्यसैले अब शीतलहरबाट जोगाउनका लागि आजैबाट पहल गरौं आफू पनि बचौं अरुलाई पनि बचाऔं ।