रौतहट,कटहरिया नगरपालिका वडा नम्बर ५ मा सोमवार राति अज्ञात व्यक्तिहरुले विद्युतको ट्रान्सफर्मर चोरेका छन ।

कर्मैया भुमिगत जल श्रोत सिँचाइ आयोजनाले किसानको खेतमा सिँचाइ गर्न जडान गरेको कृषि ट्रन्फर्मरको सामग्रीहरु अज्ञात समुहले चोरी गरेको हो ।

चोरहरुले ट्रान्सफर्मरभित्र रहेको तामाको तारहरु फुटाएर चोरेको स्थानीयले जनाएका छन । ट्रान्सफर्मरको समान चोरी भएपछि सिँचाइ असुविधा भएर किसान मर्कामा परेका छन । ट्रान्सफर्मरभित्रको तामाको तार महंगो मूल्यमा बिक्री हुने भएकोले चोरहरुको आँखा परेको बताइएको छ । यस क्षेत्रमा यसअघि पनि ट्रान्सफर्मर चोरीको घटना हुदै आएका छन ।इलाका प्रहरी कार्यालय कटहरियाले प्रहरीले चोरहरुको खोजी कार्य जारी राखेको बताएको छ ।

 

Leave a Reply