नेपालमा आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य पदका लागि निर्वाचन हुँदैछ । यसका लागि दलहरुको तर्फबाट र स्वतन्त्र गरी उम्मेदवारहरुले मनोनयन पनि दर्ता गराइसकेका छन् तर नेपालमा यसपालि अलि फरक तरिकाले दलहरु निर्वाचनमा होमिएका छन् ।यसपटकको निर्वाचनमा लगभग सबैजसो ठूला भनिएका दलले प्रधानमन्त्रीका लागि व्यक्ति नै तोकेर चुनावी मैदानमा उत्रिएका छन् । यो नेपालका लागि नौलो जस्तो भएपनि विश्वका कयौं देशमा यो अभ्यास छ र नेपालमा पनि यसैको अभ्यास शुरु गरिएको हो ।
मुख्यतः राष्ट्रिय स्वतन्त्र पार्टीले सो पार्टीका वरिष्ठ नेता बालेन साहलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेर चुनावी मैदानमा होमिएको छ भने नेपाली काँग्रेसले पनि हालै सभापति भएका गगन थापालाई भावी प्रधानमन्त्रीको रुपमा अगाडि सारेको छ ।
एमालेले पनि अध्यक्ष केपी शर्मा ओलीलाई सारेको छ भने नेकपा भन्न्ने पार्टीले औपचारिक रुपमा घोषणा नगरे पनि अवसर पाए प्रचण्ड नै प्रधानमन्त्री हुने कुरा अनऔपचारिक रुपमा जनाइनै सकेको छ ।यसरी हेर्दा यस पटक दलहरुले भावी प्रधानमन्त्रीकै रुपमा नेतालाई खडा गरेर चुनावी अभियान संचालन गरेकाले पनि यस पटकको चुनाव अझै पृथक छ । भावी प्रधानमन्त्री भनिएका बालेन साह र केपी शर्मा ओली त एउटै क्षेत्र झापा ५ मा भिड्न्त गर्दैछन ।
यो हिसावले पनि आगामी निर्वाचन निकै रोचक हुने अनुमान गरिएको छ । यो अभ्यास ठीक होला वा बेठीक हो त्यसको समीक्षा हुदै गर्ला तर अहिलेका लागि भने जनतामा भने यसले चासो चैं जगाइ दिएको छ ।














