सिकिन्द्र साह
सिम्रौनगढ,बारा जिल्लाको सिम्रौनगढ नगरपालिकामा विश्व रक्तदान दिवसको अवसरमा आयोजित बृहत् रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान गरेका छन् ।रक्तसञ्चार केन्द्रका प्राविधिक मनिष गुप्ताका अनुसार कार्यक्रममा ६८ जनाले रक्तदान गरेका छन् ।

कार्यक्रममा सिम्रौनगढ नगरपालिका अन्तर्गतको दलित जनजाति केन्द्र बारा, ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, न्यू योङ स्टार क्लब, सनातन धर्म रक्षा मञ्च, नेपाल रेडक्रस सोसाइटी सिम्रौनगढ, आदर्श विकास समाज, श्री बालाजी सनातन धर्म संस्था, ब्रिजकिशोर पटेल र नेपाल रेडक्रस सोसाइटी पर्सा शाखा जस्ता सामाजिक संघसंस्थाहरुले सहकार्य गरेका थिए ।सिम्रौनगढ उद्योग वाणिज्य संघको हलमा सिम्रौनगढ नगरपालिकाका प्रमुख किशोरीप्रसाद कलवारको अध्यक्षता सम्पन्न कार्यक्रमका प्रमुख अतिथि भारतीय महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्यदूत डी.एस. मिना हुनुहुन्थ्यो भने भारत कन्सुलर कार्यालय वीरगञ्जका मनिष दास विशिष्ट अतिथिको रूपमा सहभागी हुनुभएको थियो ।


















