आरके राजन
सिम्रौनगढ,बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर २ रानिवास फूल वाटिकाको प्राङ्गणमा शनिवार निषाद जागरण महाअभियानको भेला सम्पन्न भएको छ ।निषाद जागरण अभियाण सिम्रौनगढका अध्यक्ष रामऔतार मुखिया निषादको अध्यक्षता र निषाद जागरण महाअभियानका राष्ट्रिय संयोजक ध्रुबलालप्रसाद निषादको प्रमुख आतिथ्यतामा भएको सो भेलामा आगामी चैत्र शुक्ल पक्षमा निषाद राज जन्म जयन्तीको अवसरमा सिम्रौनगढ रानिवास क्रिकेट मैदानमा निषाद महोत्सव भव्यताका साथ मनाउने विषयमा छलफल भएको सिम्रौनगढ अध्यक्ष रामऔतार मुखियाले जानकारी दिनुभयो ।
भेलामा निषाद जागरण अभियाणका केन्द्रीय सदस्य सोहराई मुखिया निषाद, गोपाल मुखिया निषाद, कामेश्वर मुखिया निषाद, बुद्धराम मुखिया निषाद, जगदिश मुखिया निषाद, जगदेव महतो निषाद, रामेश्वर मेहता निषाद, जानकी मुखिया निषाद लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply