राजन कुमार बानिया
पोखरिया,विपी कोईरालाको ४२औं स्मृति दिवसको अवसरमा पर्साको जगरनाथपुर गाँउपालिका वडा २ दसौतामा रहेको रैनीझैनी मठमा मंगलवार एक कार्यक्रमका बीच शिव मन्दिरको शिलान्यास र वृक्षारोपण कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि पर्सा क्षेत्र नम्बर ४ का सांसद एवंम उद्योग तथा आपुर्ति पूर्वमन्त्री रमेश रिजालले पूजापाठ गरि मन्दिरको शिल्यान्यासपछि वृक्षारोपाण गर्नुभएको हो । स्थानीयले वर्षौदेखि अतिक्रमण गरी आवादी गर्दैआएको १५ बिगाहा क्षेत्र अतिक्रमण मुक्त पारेर १० हजार विरुवा रोपिएको हो ।
रैनीझैनी मठमा शंकर भगवानको मन्दिर शिलान्यास गर्दै ऐलानी जग्गामा विभिन्न प्रजाातिका बिरुवा रोपिएको थियो ।
गाँउपालिका अध्यक्ष श्रीकान्त यादवको निर्देशनमा वडा नम्बर २ का वडा अध्यक्ष नेपाली कुशवाहनले बैशाख महिनामा सो जग्गा अतिक्रमण मुक्त गराउनुभएको थियो ।
समृद्धिका लागि वन परियोजना अन्तर्गत बजरंग हरियाली वन व्यवस्थापन समुह जगरनाथपुरले आयोजना गरेको शिव मन्दिरको शिलान्यास तथा वृक्षारोपण कार्यक्रममा साल, सपेता, सीसौं, अमला, जामुन, आँप, अमरुद प्रजातिका विरुवाहरु रोपिएको छ ।
गाँउपालिका अध्यक्ष यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य शंकर चौधरी, नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, प्रवक्ता रमेश पाण्डे, सहसचिव नवीन सिंह, डिभिजन वन कार्यालय पर्साका प्रमुख सुनिल कर्ण, ईलाका बन कार्यालय बसन्तपुरका वन अधिकृत सुमन पाण्डे, गाँउपालिका उपाध्यक्ष बबिता सिंह क्षेत्री, काँग्रेस नेता रामदेव चौहान, सहरुम गदी, वडा अध्यक्ष रामेश्वर महतो, दिपेन्द्र सिंह, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन राय, वडा अध्यक्ष लक्ष्मी साह, कामेश्वर यादव, लगायतको पनि सहभागीता थियो ।कार्यक्रम संचालन नेपाली काँग्रेस क्षेत्र नम्बर ४ का क्षेत्रीय सचिव बलिस्टर अहमदले संचालन गर्नुभएको थियो । कार्यक्रममा शन्तमहन्थलगायत स्थानीयको पनि सहभागीता रहेको थियो ।