निजगढ,इलाका प्रहरी कार्यालय निजगढमा भर्खरै सरुवा भइ आउनुभएका प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले सोमबार निजगढका संचारकर्मीहरुसंग भेटघाट र छलफल गर्नुभएको छ । छलफलमा निजगढ नगरभित्रको शान्ति सुरक्षाको अवस्था र प्रहरीले गर्नु पर्ने कार्यहरुको विषयमा छलफल भएको थियो ।

कार्यक्रममा बोल्दै निरीक्षक चौधरीले शान्ति सुरक्षा र अपराध नियन्त्रण गर्न आफुले इमान्दारिताका साथ काम गर्ने बताउनुभयो । अपराध नियन्त्रण गरेर समाजमा अमनचयन कायम गर्ने संचारकर्मीहरुको पनि महत्वपुर्ण भूमिका रहने उहाँको भनाइ थियो । प्रहरी निरीक्षक चौधरीले संचारकर्मीहरुसंग प्रहरीलाई सहयोग गर्न पनि अनुरोध गर्नुभएको छ ।

कार्यक्रममा पत्रकारहरु रेडियो निजगढका प्रवन्ध निर्देशक गोकुल घोरसाइने, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का सदस्य महेश्वर अधिकारी, नेपाल फोटो पत्रकार महासंघका केन्द्रीय सदस्य जीतलाल श्रेष्ठ, महासंघ बारा जिल्ला शाखा कार्यसमिति सदस्य इन्दिप कोइराला, पत्रकार उमेश सुनुवार, थानेश्वर सापकोटा र रुद्र धिताललगायतको उपस्थिति रहेको थियो । छलफलमा पत्रकारहरुले शान्तिसुरक्षा कायम गर्ने कार्यसंगै प्रहरीले पत्रकारहरुलाई पनि सहजरुपमा सूचना उपलब्ध गराउन माग गरेका थिए । तत्कालिन प्रहरी निरीक्षक विकास थपलियाको सरुवा भएपछि २ साताअघिबाट चौधरीले इलाका प्रहरी कार्यालय निजगढको जिम्मेवारी सम्हाल्नुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here