नेपालमा जो सत्तामा पुग्छन्, उनीहरुले सत्ताको दुरुपयोग गर्ने गर्दछन् । विगतका पुराना दलहरुले यसैमा धेरै खेलेका कारण जेनजी आन्दोलन भयो र पुरानाहरु गलत भए भन्ने नारा नै अहिले तय छ तर पुराना मात्र होइन ठाउँमा पुगेपछि सबै उस्तै हुन् भन्ने भाष्य नयाँले पनि सृजना गरिदिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेलाई फसाइएको पनि हुन सक्छ तर यसो भन्दैमा अनुसन्धानको दायरा नै बन्द हुनेगरी महान्यायधिवक्ताको प्रयोग गर्नु भनेको सत्ताका चरम दुरुपयोग हो । रविले अदालतबाट नै न्याय लिन सक्ने ठाउँ हुदा हुदै न्यायधिवक्ताको दुरुपयोग गरेको पाइएको छ ।
यो सरकार यीनैका विरुद्धमा पनि गठन भएको हो तर सरकारले जेनजीको भावनाको संबोधन गरेको छैन । सबै जेनजीले रवि लामिछानेलाई मन पराउछन् भन्ने पनि छैन । त्यसैले छानबिनबाट निर्दोष साबित हुनु र आफूले म निर्दोष हुँ भन्नेमा धेरै फरक छ । मानौं, अघिल्लो सरकारले रविलाई फसायो अनि यो सरकारले सिधै उन्मुक्ति दिने कुरा पनि त ठीक होइन होला नि ? नेपालमा जो शक्तिमा पुग्छ उसैले यसको दुरुपयोग गर्छ भन्ने उदाहरण पनि हो यो ।यसले कानुन शासन र सुव्यवस्था कायम हुदैन र यसले राम्रो सन्देश पनि दिँदैन । पुराना र नयाँ भनिएका रविको नियतमा पनि खासै भिन्नता नभएको कुरा यही व्यवहारले पनि पुष्टि गर्दछ । त्यसैले पनि कम्तीमा नयाँले अलिक फरक गर्नुपर्दछ । पुरानाकै पथमा हिँड्ने हो भने त किन आन्दोलन गर्नुपर्दथ्योर ? किन ७६ जनाले ज्यान गुमाउन पर्दथ्यो र यो कुरा पनि बुझ्न आवश्यक छ । नत्र नयाँ र पुरानामा के चैं फरक रह्यो र खोइ ?
















