नेपाली काँग्रेसका महामन्त्री द्धय गगन थापा र विश्वप्रकाश शर्माले गरेको विद्रोहलाई एउटा ठूलै सहासको रुपमा लिनुपर्दछ । नेपालको राजनीतिमा नेताले जे भन्यो वा गरेको खण्डमा कार्यकर्ताहरुले मान्नुपर्ने थियो । यस्तै परिपाटीको विकास पनि गरिएको थियो तर पछिल्लो समय यो गलत हो भन्ने साहस कसैको थिएन । अझै कम्यूनिष्ट भनिएका दलमा त दास प्रवृत्ति नै छ भन्दा पनि हुन्छ । तर पनि कति कतै जेनजी आन्दोलनपछि भने विद्रोह भएको छ । विद्रोहको यो श्रृखला काँग्रेस पार्टीभित्र पनि सल्किएको छ ।

अन्ततः गगन थापा र विश्वप्रकाश शर्माहरुले आइतबार बिशेष महाधिवेशन गरेका छन् । महाधिवेशनको उद्धाटन समारोह भव्य रहेको थियो । अब उनीहरुले नेतृत्व परिवर्तन गर्छन-गर्दैनन् वा कसरी चयन गर्छन् त्यो फरक कुरा होला तर एउटै व्यक्ति संधै पदमा रहने अनि छाड्नुपर्दा पीडा हुने परिपाटीको अन्त्यको शुरुवात गगनहरुले गरेका छन् ।

यो साहस जे भएपनि सहनीय नै हो । काँग्रेसमा विभाजन आउला न आउला त्यो भविष्यको कुरा हो ।मुख्यतः नेपालको राजनीति विभाजनरहित भने छैन नै । हिजो शेरबहादुर देउवाले पनि पार्टी विभाजन गरेको इतिहास छ । यो हिसावले फुटलाई ठीक भन्न खोजिएको होइन तर आवश्यक परे वा स्वार्थका लागि विभाजन भएका छन् । काँग्रेस विभाजन राष्ट्रको लागि आवश्यक हो वा केही व्यक्तिहरुको स्वार्थ मात्रै हो त्यो त समयले नै निर्धारण गर्ला नै तर अहिलेका लागि गगनहरुको कदम जायज र ठीक छ ।

Leave a Reply