मनोज शाह
जीतपुर,बाराको सिम्रौनगढ नगरपालिकाअन्तर्गत कचोर्वा क्षेत्रमा सामाजिक सञ्जाल टिकटकमार्फत हिन्दू समुदायलाई लक्षित गरी गालीगलौज गरिएको आरोपपछि उत्पन्न तनाव प्रहरी प्रशासन र स्थानीयको समन्वयमा साम्य भएको छ ।कचोर्वा गाउँका स्थानीय मुस्लिम समुदायका मन्जुर आलमले टिकटक भिडियोमार्फत आपत्तिजनक अभिव्यक्ति दिएपछि स्थानीय बासिन्दाहरू आक्रोशित बनेका थिए ।

कचोर्वाका स्थानीय नागरिकहरूले दुई समुदायबीच सद्भाव बिगार्ने खालका अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै गालीगलौजमा संलग्न युवालाई समाजमा बोलाई छलफल गर्न तथा कानुनी प्रक्रिया अगाडि बढाउन माग गरेका थिए । यस्ता गतिविधिले सामाजिक शान्ति र सद्भावमा गम्भीर असर पार्ने भन्दै निष्पक्ष छानबिनको मागसमेत गरिएको थियो ।
यस विषयमा सिम्रौनगढ नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रामदिनेश प्रसाद यादवसँग कुराकानी गर्दा उहाँले भन्नुभयो, “कानुनविपरीत कुनै पनि गतिविधि सह्य हुँदैन, सत्यतथ्य बुझेर कानुनअनुसार आवश्यक कारबाही अगाडि बढाइनेछ ।”

उक्त घटनापछि स्थानीय प्रशासनले सबै पक्षलाई संयमित रहन आग्रह गर्दै सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न अनुरोध गरेको छ । अवस्था थप बिग्रन नदिन सुरक्षा निकायलाई सतर्क अवस्थामा राखिएको

Leave a Reply