सिकिन्द्र साह
सिम्रौनगढ,
विश्व हिन्दु महासंघले बाराको सिम्रौनगढ नगरपालिकामा नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने मागसहित प्रदर्शन गरेको छ ।
विश्व हिन्दु महासंघका नगर अध्यक्ष रामबिलास साहको अध्यक्षता भएको प्रदर्शनमा हिन्दु राष्ट्र कायम गर, गौ हत्या बन्द गर, सनातन धर्मको रक्षा गर जस्ता नारा लगाइएको थियो ।जिल्लाको पालिकाबाट आएका हिन्दू धर्माम्बलीहरुले सिम्रौनगढको रानिवास मन्दिर प्राङ्गणमा भेला भएर नाराबाजी गर्दै सिम्रौनगढ बजार परिक्रमापछि कन्काली मन्दिरमा पुगेर कोण सभा गरेका थिए । कोण सभामा नगर अध्यक्ष साहले गाई नेपालको राष्ट्रिय जनावर रहेको र राष्ट्रिय जनावरको सुरक्षा गर्नु सम्पूर्ण नागरिकको दायित्व भएको बताउनुभएको थियो ।केहि समयअघि धरानमा गाई काटेर त्यसको फोटो समाजिक सञ्जालमा राख्ने र देशको अस्तित्वलाई खलल पु¥याउने कार्य गर्नेमाथि हालसम्म सरकारले कारबाही नगरेकोले भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको थियो । उहाँले पछिल्लो समय देशमा हिन्दू धर्ममाथि आघात पु¥याउने कार्य हुदैआएको तर सरकारले भने कारबाहीको साटो रमिते बनेर धर्मविरोधी कार्यलाई प्रोत्साहित गरेको पनि उहाँको आरोप छ ।प्रदर्शनमा साधु मण्डलका महन्थ भागिरथ दास, महात्यागि कबिर पन्थी, बैकुण्ठ साहेब, बिरेन्द्र यादव, आसिरबाद ठाकुर लगायत सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here