हेटौँडा,हेटौँडा उपमहानगरपालिका–५ पिप्लेमा मोटरसाइकलले ठक्कर दिँदा बाराको कोल्हबीकी एक जना बालिका घाइते भएकी छिन् ।कोल्हबी नगरपालिका–४ सपही घर भई हाल हेटौँडा उपमहानगरपालिका–५ पिप्ले डेरा गरी बस्ने भूपेन्द्र चौधरीको छोरी ४ वर्षीय प्रियङ्का चौधरी मोटरसाइकलको ठक्करबाट घाइते भएकी हुन ।हेटौँडा बजारबाट क्याम्प डाँडातर्फ जाँदै गरेको ना.५६ प.९९३३ नम्बरको मोटरसाइकलले भित्री रोडमा खेलिरहेको अवस्थामा ठक्कर दिँदा टाउकोमा चोट लागि उपचारको लागि हेटौँडा अस्पतालमा लगिएको थियो ।मोटरसाइकल चालक मकवानपुर बकैया गाउँपालिका–२ झल्ला बस्ने ३२ वर्षीय निरबहादुर थोकर र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply