मनोज शाह

जीतपुर,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८, गम्हरगावाँमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन भएको छ । अभिभावक भेलाबाट सर्वसहमतिमा हरेराम महतोको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन भएको हो ।जीतपुरसिमरा उपमहानगरपालिका वडा ८ का वडा अध्यक्ष शिवशंकर कुशवाहाको विशेष उपस्थितिमा भएको अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति गठन भएको हो । कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका शिक्षा शाखाका प्रमुख शिवजी साह, समाजसेवी योगेन्द्र महतो लगायतको उपस्थिति रहेको थियो ।


















