आरके राजन
सिम्रौनगढ,सनातन धर्म रक्षा मञ्च सिम्रौनगढको ८१औँ सत्संग गोष्ठी आज बारा जिल्लाको सिम्रौनगढ नगरपालिका– ६ स्थित अमरपुर टोलमा सम्पन्न भएको छ ।सनातन धर्म रक्षा मंच सिम्रौनगढका अध्यक्ष ओमप्रकाश ठाकुरको अध्यक्षतामा सम्पन्न उक्त सत्संग गोष्ठीको उद्देश्य आत्मबोधयुक्त समाज निर्माण, हत्या–हिंसा रहित समाज निर्माण, नशामुक्त समाज निर्माण, भेदभावरहित समाज निर्माण, सत्संग प्रेरित समाज निर्माण तथा स्वच्छ, चरित्रवान र नैतिकवान समाज निर्माण रहेको आयोजकले जनाएको छ ।

कार्यक्रममा सनातन धर्मसँग सम्बन्धित विभिन्न पन्थका अनुयायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । जय श्रीराम, राधे–राधे, ओम नमो नारायण, जय गुरुदेव, साहेब बनगी (कबिर), सच्चिदानन्द, ओम शान्तिलगायत १२ वटा पन्थका अनुयायीहरू सत्संग गोष्ठीमा सहभागी भएका थिए ।

मञ्चका सचिव बैकुण्ठ प्रसादले सहजीकरण गर्नुभएको उक्त सत्संग गोष्ठीमा ‘जीवन जिउने कला’ विषयमा धार्मिक संस्थाका अनुयायी चन्देश्वर भैया, दीपेन्द्र प्रसाद गुप्ता, जयादेवी चौरसियासहितको टोलीले प्रवचन, भजन तथा योगकलासम्बन्धी प्रशिक्षण प्रदान गरेको थियो ।
त्यसैगरी, व्यास तेजीलाल प्रसाद कुशवाहा र भक्तिसागर फाउन्डेशनका सागर आचार्यले प्रवचन तथा भजन प्रस्तुत गर्नुभएको थियो ।सनातन धर्म रक्षा मञ्च सिम्रौनगढले यस प्रकारका सत्संग गोष्ठीहरू प्रत्येक महिनाको अन्तिम बिहीबार नयाँ–नयाँ स्थानमा आयोजना गर्दैआएको जनाएको छ ।

Leave a Reply