डुमरवाना,हिन्दू धर्माम्बलीहरुमा मान्छेको मृत्युपछि जलाएर दाहसंस्कार गर्ने परम्परा छ । तर यसरी दउराको प्रयोग गरेर लाश जलाउदा वन जंगल विनास र वातावरणमा धेरै ठुलो नकरात्मक असर पर्ने सरोकारवालाहरुले बताएका छन ।

बाराको सिमरा क्षेत्रमा मात्रै शव जलाउन भनेर प्रतेक वर्ष ५ देखि १० चट्टा दाउरा खपत हुदै आएको सामुदायिक वन उपभोक्ता महासंघका अगुवा एंव सिमरास्थित जनहित मध्यवर्ति सामुदायिक वन समुहका अध्यक्ष अमृतलाल श्रेष्ठले बताउनुभयो । सामुदायिक र स्थानीय साझेदारी वन उपभोक्ता समुहले शव जलाउने क्रममा मृतक परिवारको माग अनुसार निशुल्क दाउरा उपलब्ध गराउदै आएको छ । यसरी शव जलाउन दाउरा वितरण गर्दा वन विनास र वातावरणमा पनि असर परेको भन्दै अध्यक्ष श्रेष्ठले दाउराको विकल्प खोज्नु पर्ने बताउनुभयो । दाउराको विकल्पमा विधुतीय शवदाह गृह संचालन गर्न जरुरी भएको श्रेष्ठको भनाइ छ ।

त्यसैगरी सिमरास्थित थानीमाई सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष माधव त्रिपाठी पनि संस्कार र संस्कृति जोगाउने बाहनामा लाश जलाउन दाउराको प्रयोगले वन विनास बढेको र वातावरणलाई असर गरेको बताउनुहुन्छ । उहाँले पनि दाउराको बिकल्प खोज्न आवश्यक भएको बताउनुभएको छ ।

Leave a Reply