पछिल्लो समय नेपालमा फेरि कोरोना भाइरसका संक्रमितहरु बढेका छन् । मध्य तराईको बारा र पर्सा जिल्लामा पनि कोरोना भाइरसका संक्रमितहरु भेटिएका छन् तर कोरोना भाइरस नेपालका लागि भने अब नौलो रहेन । कोरोना भाइरस नेपालमा आएको र नेपालले सबै प्रकारको प्रयास गर्दा पनि नेपाल कोरोनाबाट अछुतो रहन सकेन । केही नागरिकहरुको कोरोनाका कारण पनि निधन भयो ।

अहिले फेरि कोरोना बढ्दैछ । अब कोरोनाको कारण वा यसैलाई बाहना बनाएर लकडाउन वा यस्तै खालको हर्कत गर्ने अवस्था नेपालमा छैन । लकडाउन वा यी सबै विकल्पहरु असफल भएका छन् कोरोना नियन्त्रणका सवालमा । बरु कोरोना भाइरस नियन्त्रणका लागि सरकारले संचालन गरेको खोप कार्यक्रम भने ठीक छ । खोप कार्यक्रमलाई अलि प्रभावकारी बनाउन आवश्यक छ ।

यो चौंथो लहरको कोरोनाले ज्यान गुमाउनेहरुको संख्यामा कमी आओस् यो आश गर्न सकिन्छ । सरकारले साना नानीहरुलाई समेत खोप लगाएपछि त अब कोरोनाको उच्च जोखिम कम भएको सहज रुपमा अनुमान लगाउन सकिन्छ । तर पनि स्वास्थ्यका सावधानी भने अपनाउन आवश्यक चैं छ । कोरोनाबाट सावधानी अपनाउने उपाय भनेको फेरि पनि त्यही– सामाजिक दूरी कायम गर्ने, मास्कको प्रयोग गर्ने, भीडभाड नगर्ने, साबुन पानीले बारम्बार हात हुने र सेनिटाइजरको प्रयोग गर्ने । बास्तवमा यी सबै सामान्य कुरा हुन । यस्ता कुरामा स्वास्थ्यका सावधानी अपनाएर अगाडि बढ्दा कोरोनाको चौंथो लहरलाई पार लगाउन सकिनेछ । तर अर्को महत्वपूर्ण कुरा के हो भने सबैले कोरोनाको खोप लगाउन जरुरी छ । अहिले त शुरुको जस्तो खोपको अभाव पनि छैन । सरकारले खोपको पर्याप्त व्यवस्था गरेको छ । खोप लगाउन बाँकी रहेकाहरुले कोरोना विरुद्धको खोप लगाउन अब ढिला गनर््ुहुन्न ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here