कलैया,बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २३ मा रहेको सडकको दुर्दशाका कारण नागरिकले सास्ती खेप्नु परेको छ । वडा नम्बर २३ को बैरातपुरस्थित इन्फेडियामा कलैया जोड्ने ५० मीटर सडकको अवस्था दयनीय बनेको छ । दैनिक सयौँको संख्यामा आवतजावत गर्ने र सो क्षेत्रका नागरिकलाई कलैया जोड्ने सडकको दयनीय अवस्थाका कारण नागरिकलाई आवतजावत गर्न कठिनाई भइरहेको स्थानीयले गुनासो गरेका छन् । ५० मीटरको सडक पार गर्न ५ मिनेट पनि नलाग्नु पर्ने ठाउँमा हिलाम्य भएर घाँस पलाउनुका साथै पानी जमेर खाडल बन्दा २५ मिनेट लाग्ने गरेको स्थानीय कृष्ण पटेलले बताउनुभयो । पिकअप, ट्याक्टर, मोटरसाइकल र आवश्यकताअनुसार ठूला सवारी साधनसमेत चल्ने बाटोको अवस्थाका खराब हुँदा पनि जनप्रतिनिधिहरुको ध्यान जान नसकेको भन्दै स्थानीयले आक्रोश पोखेका छन् । यता कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेशराय यादवले भने विवादका कारण सडक निर्माण तथा मर्मतसम्भारले गति लिन नसकेको बताउनुभयो ।