सिमरा,सिमरामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले हिरक जयन्ती मनाउने भएको छ । यही पुष २४ र २५ गते विभिन्न कार्यक्रमको आयोजना गरी विद्यालयले हिरक जयन्ती मनाउन लागेको हो ।विद्यालयले ६८औं बार्षिक उत्सवको अवसरमा विद्यालय परिसरमा विभिन्न कार्यक्रम गर्दैछ । बार्षिक उत्सवलाई सफल बनाउन विद्यालयले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार अधिकारीको अध्यक्षतामा मुल समारोह समिति समेत गठन गरेको छ ।
पहिलो पटक बार्षिक उत्सव आयोजना गर्न लागेको विद्यालयले अधिकारीको संयोजकत्वमा बिभिन्न १४ वटा उपसमिति गठन गरेको हो ।
हिरक जयन्तीको अवसरमा विभिन्न खेलकुद प्रतियोगिता, सांस्कृतिक कार्यक्रम र २४ र २५ गते मुल समारोह हुने प्रधानाध्यापक शंकरकुमार आचार्यले जानकारी दिनुभयो । उक्त विद्यालय २०१४ साल पुष १ गते प्राथमिक विद्यालयको रुपमा स्थापना भएको थियो ।मधेस प्रदेशकै उत्कृष्ट मध्येको एक मानिने सो विद्यालयमा अहिले करिव १८ सय विद्यार्थी अध्ययन गरिरहेका छन ।
त्यसैगरी निजगढ ५ स्थित सार्वजनिक माध्यमिक प्राविधिक विद्यालय बागदेवले मंगलवार अभिभावक दिवश बनाउने भएको छ । विद्यालयले विविध मनोरञ्जनात्मक कार्यक्रम सहित विद्यालयको ६१औं जन्मोत्सव तथा अभिभावक दिवस बिहान ११ बजेबाट भव्य रुपले मनाउने तयारी गरिएको विद्यालयका प्रधानाध्यापक हस्तबहादुर लामाले जानकारी दिनुभयो ।उहाँले कार्यक्रममा सहभागी हुन विद्यालयका अभिभाव, शिक्षासेवी तथा सरोकारवालाहरुमा अनुरोध पनि गर्नुभएको छ ।


















