बिश्वको साम्राज्यवादी देश अमेरिकाको बेला बेलामा आलोचना हुने गर्दछ । मुख्यतः अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड टम्प आएपछि बिश्वमा कतै शान्तको कुरा त कतै लडाइको कुरा भएको देखिन्छ तर उनको नीति मुख्यतः तनाबवाला नै देखिएको छ ।
अनावश्यक ठाउँमा हस्तक्षेप गरेर टम्पले कतिपय स्थानमा लडाइ निम्ताएको पनि देखिन्छ । केही स्थानमा उनका कारणले शान्तिको जस्तो अवस्था सृजना भएपनि कतिपय स्थानमा तनाब छ । अमेरिकाले भेनेजुइला भन्ने देशमा शनिबार बिहान आक्रमण गरेको छ । त्यो आक्रमणले त्यहाँको आन्तरिक राष्ट्रवाद त सकिएको छ नै साथमा त्यो देशका नेताको अवस्था पनि अज्ञात बनाइएको छ ।
अमेरिकाको दाबी जे भएपनि अर्काको देशमा यसरी बलपूर्वक आक्रमण गर्नु गलत हो । यदि भेनेजोइला भन्ने देशले पनि अमेरिकामाथि आक्रमण गरेको भए त्यो फरक कुरा हुने थियो तर लागू औषधको कथित आरोपमा देशको राष्ट्र प्रमुखमाथि भएको आक्रमण भनेको अमेरिकी दादागिरी नै हो । बिश्वमा अमेरिका अझै पनि आफ्नो बश्र्चश्व कुनै न कुनै हिसावले कायम गर्न चाहन्छ भन्ने प्रमाण पनि हो यो ।
यस्तोमा बिश्वका देशहरु चुप लागेर बस्नु चैं हुन्न । भोलि यस्तो दादगिरी अमेरिकाले जसलाई जहाँ पनि गर्नेछ । यो कुरा बेलैमा सबैले बुझ्न आवश्यक छ । अमेरिकाको राम्रो कामको प्रशंसा गर्नुपर्दछ । टम्पले केही देशमा शान्तिको प्रयास गरे त्यो राम्रो कुरा हो तर यो वा त्यो बाहानामा अर्काको देश नै खरानी बनाउने कुरा ठीक होइन, प्रतिवाद चैं आववश्यक छ ।

Leave a Reply