पुष्पराज खतिवडा
मनहर्वा,भारत लैजान लागिएका ५ जना किशोरीहरुको बारा प्रहरीले उद्धार गरेको छ । उनीहरुलाई भारततर्फ लैजान खोज्ने एक भारतीय युवकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।करैयामाई गाउँपालिका वडा नम्बर १ बाट गत सोमवार साँझबाट हराएका ५ बालिकाको प्रहरीले उद्धार गरी परिवारको जिम्मा लगाएको हो । गाउँकी वर्ष १३ की १ जना, वर्ष १४ की २ जना, वर्ष १६ की २ जना गरि ५ (पाँच) जना किशोरीहरु एकैसाथ हराएका थिए । उनीहरुलाई वीरगञ्जबाट बिहीवार उद्धार गरिएको हो ।प्रहरीले किशोरीहरुलाई लैजाने भारतको मोतिहारी जिल्ला, पुर्वी चम्पारण ढाका थाना बिक्रमपुर गाउँका सत्यब्रत पालका छोरा वर्ष १८ को कविकुमार पाललाई पनि पक्राउ गरेको छ । पालले ललाइफकाइ उनीहरुलाई भारत लैजान लागेका थिए । सोही क्रममा बालिकाहरूको उद्धार गरि जिल्ला प्रहरी कार्यालय बारामार्फत अभिभावकको जिम्मा लगाइएको हो ।गाउँका ५ जना किशोरी एकैसाथ सम्पर्क विहिन भएपछि खोजतलासको लागि अभिभावकले प्रहरीमा खबर गरेका थिए । बालिकाहरुको फोटोसहित प्राप्त सूचनापछि परिचालित प्रहरीले खोजतलास गर्ने क्रममा बुधबार अपराहन्न वीरगञ्जमा बालिकाहरुलाई फेला परेको थियो ।प्रहरीको विषेश टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगरस्थित रानीसति धर्मशाला नजिकैबाट रक्सौलतर्फ जाने क्रममा उनीहरु फेला परेको हो ।किशोरीहरुलाई भारत लैजान खोज्ने युवकलाई पक्राउ गरी घटनाको अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

Leave a Reply