निजगढ,निजगढ नगरपालिका वडा नम्बर ८ स्थित हाम्रो बचत तथा ऋण सहकारी संस्थाको ११ औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष कैलाशबहादुर केसीको अध्यक्षतामा भएको सो साधारण सभामा संस्थाले चालु आर्थिक वर्ष ०७७÷०७८ मा ७ करोड ८९ लाख १३ हजार ९७८ को कारोबार गरेर ५१ लाख ५५ हजार १२२ रुपैया खुद नाफा गरेको जानकारी गराइएको थियो ।
साधारण सभामा सहकारीबाट उत्कृष्ट बचत कारोबार गर्ने निजगढ ८ का अशोक श्रेष्ठ, श्रवणकुमार श्रेष्ठ, उत्कृष्ट बालबचतकर्ता अभिषेक श्रेष्ठ, उत्कृष्ट ऋणीतर्फ निजगढ ४ की सरस्वती देबी चौधरी, निजगढ ७ का चिरञ्जीवी तिमल्सिना तथा उत्कृष्ट कर्मचारीमा संस्थाका सहायक लेखापाल चण्डिका सापकोटालाई सम्मान गरिएको थियो ।
स्थानीय समाजसेवी शम्भुबहादुर बुढाथोकीको प्रमुख अतिथ्यतामा भएको सो साधारण सभाको विशिष्ट अतिथिमा यमबहादुर खडका रहनुभएको थियो । साधारण सभाको उद्धाटन कार्यक्रममा प्रमोदकुमार सिग्देल, नेपाल रेडक्रस सोसाइटी निजगढका सभापती नारायण शर्मा, निजगढ नगरपालिका कार्यालय सहकारी शाखाकी रिजा पोखरेल, समाजसेवी मिना लामालगायतको उपस्थिति रहेको थियो । उद्धाटन कार्यक्रममा समाजसेवी बुढाथोकी र रेडक्रस निजगढ सभापती शर्माले सहकारी संस्थाको आवश्यकता र महत्वबारेमा बोल्नुभएको थियो ।
साधारण सभाले सहकारीका अध्यक्ष तिमल्सिनाव्दारा प्रस्तुत प्रगति प्रतिवेदन र व्यवस्थापक कृष्ण पण्डितले पेस गरेको आगामी वर्षको बजेट तथा कार्यक्रम पारित गरेको छ । कार्यक्रममा लेखा समितिका संयोजक गोविन्दनाथ तिमल्सिनाले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।