कलैया,जबरजस्ति करणी मुद्दामा जिल्ला अदालत बाराबाट ९ वर्ष ६ महिना १५ दिन कैद सजाय फैसला भएका एकजना फरार प्रतिवादीलाई बारा प्रहरीले पक्राउ गरेको छ ।अस्थायी प्रहरी पोष्‍ट बसपार्क कलैयाबाट खटिएको प्रहरी टोलीले जबरजस्ति करणी मुद्दामा दोषि ठहरिएका कलैया उपमहानगरपालिका वडा नम्बर ६ मदर्शाटोल बस्ने अन्दाजी वर्ष २७ का ईम्तियाज अंसारीलाई लुकिछुपी बसेको अवस्थामा शनिवार राति ९ :  ३० बजेको समयमा नियन्त्रणमा लिएको हो ।
स्थानीय एक महिलामाथि जबरजस्ति करणी गरेको अभियोगमा अदालतले सजाय फैसला गरेपछि अन्सारी फरार बनेका थिए ।पक्राउ परेका अन्सारीलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत बारा, कलैयामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

Leave a Reply