सरकार भनेको देशको अभिभावक पनि हो । आफ्ना नागरिकहरुले खाए, नखाएको बिचार गर्ने अनि आफ्ना नागरिकहरुको जिउधनको सुरक्षा गर्ने जिम्मेवारी पनि सरकारकै हो । तर नेपालको सन्दर्भमा त सरकार भनेको आफ्ना संतानको हत्या गर्ने एक रक्तपीपासु जस्तो पो देखिएको छ । इतिहास नै हेर्ने हो भने पनि यस्तै यस्तै देखिन्छ । यद्यपि नेपालमा कयौं राजनीतिक घटनाक्रममा त कुनै एक नेता वा तिनका कथित सिद्धान्तको नाउँमा मानिसहरु मरेको देखिन्छ हत्या भएको देखिन्छ ।
तर, शुक्रवार काठमाडौंमा भएको घटना फरक थियो । केही विद्यार्थीहरुको आक्रोश सरकारतिर थियो । सरकारमा एक मन्त्री चढने गाडीमा आगजनी पनि भयो । सरकारी वा निजी जसको भएपनि यसरी सवारी साधनमा आगजनी गरिनु दुःखद नै थियो तर यहाँ त सरकारले बिदेशको भूमिमा पसिना बगाउन तयार युवामाथि बर्बरता देखाएको छ । दुई युवाको. सरकारले हत्या गरेको छ । यो घटनामा प्रत्यक्ष दोषि सरकार नै छ र सरकारको हिसावले गृहमन्त्री नारायणकाजी श्रेष्ठ मुख्य जिम्मवार हुन । विद्यार्थीको हत्या गर्ने सरकार नै हो र यो सरकारको नेतृत्वकर्ताको हैसियतले प्रचण्ड र गृहमन्त्री श्रेष्ठले माफी माग्नु पर्दछ । तर यहाँ त नैतिकताको राजनीति कसले पो पर्छ र ?

Leave a Reply