फागुन २१ मा चुनाव होला कि नहोला भन्ने शंसय त अझै बाँकी नै छ, यद्यपि दलहरुले सोमबार र मंगलबार बुझाएको समानुपातिक निर्वाचनको बन्द सूचिको विवरण र चासो अनि सक्रियता हेर्ने हो भने देश लगभग चुनावमय नै भएको छ ।
वर्तमान गैरदलीय सरकारले घोषणा गरेको चुनावको सवालमा धेरै टिका टिप्पणी भएका थिए र भइरहेका पनि छन् । यद्यपि देश भने कुनै कनै हिसावले चुनावको पक्षमा र माहौलमा लागेको देखिएको छ । देश निर्वाचनमा होमिएको छ । अब करिब दुई महिना पछाडि नै यो देशमा संसदीय चुनाव हुदैछ । हुन त यो चुनाव नियमित होइन । आवधिक चुनावको कुरा गर्ने हो भने त्यो समय अझै पनि भइसकेको थिएन । तर जेनजी आन्दोलनपछि चुनाव गर्नुपर्ने आवस्था आयो र यसलाई समयको माग पनि भनिएको छ ।
गत भदौको २३ र २४ गते भएको नयाँ पुस्ताको आन्दोलनले चुनावको बातावरण बनाइ दिएको हो । अब कुनै पनि दल चुनावबाट भाग्ने अवस्था देखिदैन तर चुनाव धाँधली रहित हुनुपर्दछ । यो विषयमा सरकार बढी गम्भीर बन्न आवश्यक छ । सरकारले चुनावको वातावरण बनाउनु पर्दछ र यसमा कुनै संचय पैदा हुने अवस्था सृजना हुन नै दिनुहुन्न । सबै दलका लागि निष्पक्ष तवरले चुनावमा भाग लिने माहौल बनाउनु पर्दछ र सरकारले यो काम गरेकै देखिन्छ ।
दलहरुका बीचमा भएको गठबन्धन र मोर्चाबन्दीले पनि चुनावको संकेत नै गर्दछ । चुनावपछि को कता जालान्, कसको हैसियत के होला त्यो त समयको कुरा भयो तर अहिलेका लागि अभैm गठबन्धनको संभावना देखिन्छ । मुख्यत ः केही नयाँ पात्रहरु एक भएसंगै पुराना दलहरु पनि एक हुने संभावना देखिन्छ नै । चुनावको यस्तो हर्कत सामान्य नै हो तर यसपालि के होला त्यसका लागि चुनाव हुन आवश्यक छ र यसको माहौल बन्दैगएको छ ।

















