नेपाली काँग्रेस यो मुलुकको सबैभन्दा पुरानो पार्टी हो । कुनै बेला ठूलो पार्टी पनि थियो । समयसंगै अहिले खुम्चिएको कांग्रेसमा फेरि कता कता खुसीयाली छाएको जस्तो देखिन्छ । किनभने अहिले ठूलो पार्टी नेकपामा बिभाजन भएको छ । नेकपामा बिभाजन आएका बेला आफ्नो दुनो सोधिने दाउ कांग्रेसले देख्नु राजनीतिमा आश्चार्यको कुरा पनि होइन । नेपाली कांग्रेसका लागि खुदोको अवसर गत पुस ५ गते प्रतिनिधि सभा बिघटन गरेर प्रधानमंत्री केपी ओलीले जुराइदिएका हुन् ।
ओली नेकपाका अध्यक्ष थिए तर अब नेकपामा बिवाद भइसकेको छ हालका लागि पार्टी बिभाजनको अवस्थामा छ तैपनि बिभाजनको कानुनी प्रकृया भने कायमै छ । ब्यवहारिक रुपमा नेकपा फुटीसकेको छ । यही मेसोमा नेपाली काँग्रेसले शनिबार मुलुकभर प्रदर्शन गरेको छ । लोकतन्त्रका लागि ठूलै लगानी गरेको पार्टी हो कांग्रेस ।
तैपनि अहिले कांग्रेसका बिषयमा धेरै टिकाटिप्पणी गरेको पाइन्छ । हो,चुनाव भए कांग्रेसलाई फाइदा होला तर चुनाव हुने अवस्था पनि मुलुकमा हुनु पर्दछ । जसले जे भनेपनि बैशाखामा चुनाव हुदैन र त्यो संभव पनि छैन । त्यसैले यसका लागि राजनीतिक बातावरण तय हुन आवश्यक छ । अतः नेपाली कांग्रेसले फेरि एक देखिएको समस्या समाधान गरी राजनीतिक निकास दिनु पर्दछ ।