नरेश गुप्ता

बरियारपुर,त्यसैगरी बारा जिल्लाका विभिन्न ठाउँमा भएको सवारी दुर्घटनामा दुई जना घाईते भएका छन । ईलाका प्रहरी कार्यालय कोल्हबीले दिएको जानकारी अनुसार तामागढी– सिम्रौनगढ सडकखण्डमा पर्ने कोल्हबी नगरपालिका वडा नम्बर.२ भिमसखुवा नजिक मोटरसाइक र टिपर पल्टिदा मोटरसाइकल चालक कोल्हबी नगरपालिका वडा नम्बर ११ बस्ने वर्ष २८ का निरन्जन चौधरी घाइते बनेका हुन । चौधरीको दाहिने खुट्टामा चोट लागेको छ ।
तमागढीबाट कोल्हबीतर्फ आउदै गरेको ना ५१प ४९९६ नम्बरको मोटरसाइकललाई बचाउने क्रममा बिपरित दिशाबाट आएको प्र.२–०३–००१ ख ०२५९ नम्बरको टिपर उछिट्टिएर सडक भन्दा २० मिटर पर पुगेर पल्टिएको थियो । टिपरको अगाडिको सिसा फुटेको र बडी कुच्चिएको छ ।
त्यसैगरी जिल्ला बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ त्रिभुवन राजपथस्थित हुलास स्टील कारखाना नजिकै जीतपुरबाट आउदै गरेको मोटरसाइकलले ठक्कर दिँदा जीतपुरसिमरा उपमहानागरपालिका वडा नम्बर १ मनकामना टोल बस्ने बोल्न नसक्ने वर्ष ६० का पूर्णबहादुर घिमिरे घाइते भएका छन । सडक पार गर्ने क्रममा मोटरसाइकलले ठक्कर दिँदा घिमिरेको दाहिने कान, बाँया हात र कुममा चोट लागेको छ । घाइतेको अवस्था सामान्य रहेको र सिमरास्थित स्टार पोली क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ बस्ने वर्ष २६ का कुन्दन चौधरीको पनि कुममा सामान्य चोट लागेको र उनलाई प्रहरीले नियन्त्रणमा राखेको छ ।

















