गएको हप्ता शुक्रबार बिहान थोरै भएप्नि खोप चीनबाट आयात गरियो । कोरोना भाइरस (कोभिड १९) को दोस्रो लहरमा फैलिएको नयाँ भेरियन्टले हजारौंको ज्यान लियो । पहिलो चरणभन्दा दोस्रोपटक फैलिएको संक्रमणले छिटो असर गर्ने हुँदा लक्षणसहितका संक्रमितसँगै मृतकको संख्या उच्च भयो । निरन्तरको निषेधाज्ञाले अहिले कोरोना संक्रमणदर घट्दै गएको छ । केही जिल्लामा त अस्पतालका विषेश उपचार कक्ष पनि खाली हुँदै गएका छन ्। संक्रमित घट्दै जाँदा सरकारले जिल्लाहरूमा लगाएको निषेधाज्ञा पनि क्रमश खकुलो पार्दै लगेको छ ।

अहिले निश्चित समय बजार–पसल खुल्न थालेका छन् भने, जोर–बिजोर प्रणालीमा सार्वजनिक र निजी यातायातका साधन पनि सञ्चालन भएका छन् । जसका कारण सार्वजनिक स्थानमा भीड बढ्न थालेको छ।महामारीले आतंकित बनेका नागरिकलाई भीड बढ्दै जाँदा पुनः संक्रमण फैलने चिन्ता पनि छ । तर, दैनिकी चलाउनु पर्ने बाध्यताकै कारण पनि सुरक्षित भएर अब बाहिर निस्कनुको विकल्प पनि छैन । बारम्बारको निषेधाज्ञा र लकडाउनले नागरिकको आर्थिक अवस्था कमजोर मात्रै पारेको छैन, देशकै अर्थतन्त्रमा नकारात्मक प्रभाव पनि परेको छ ।

त्यसैले अब स्वास्थ्य मापदण्ड अपनाउँदै निषेधाज्ञालाई क्रमशः खकुलो बनाउँदै लगिएको हो । यसले सबैभन्दा बढी मजदुरी गरेर दैनिकी चलाउने र यातायात व्यवसायीलाई राहत मिलेको छ । बैंकबाट लोन लिएर यातायातसहितका अन्य व्यवसाय गर्नेको थन्किएको व्यवसाय क्रमशः चलायमान हुँदै गएको छ । समय–समयमा फैलने भाइरसको महामारी यसअघि पनि नेपाली नागरिकले भोगेका छन । कोरोना भाइरसको दोस्रो भेरियन्टको फरक–फरक रूप पनि दुई वर्षमा भोगिएको छ । यसबाट बच्ने उत्तम विकल्प भनेकै खोप, सामाजिक दुरी, मास्क, स्यानीटाइजरको प्रयोग र साबुन पानीले हात धुनको साथै आफूलाई स्वास्थ्य राख्न प्रयास गर्नु हो ।

 

Leave a Reply