निजगढ,निजगढ नगरपालिका– ९ स्थित श्री बकैया ठाकुर सामुदायिक वन उपभोक्ता समूहको आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।निजगढ– ९ को ठाडोलाइनस्थित वाक्यश्वर महादेव मन्दिर परिसरमा वनका उपभोक्ताहरूको उपस्थितिमा साधारण सभा सम्पन्न भएको हो । साधारण सभाको सामुदायिक वन उपभोक्ता महासंघ बारा जिल्लाका अध्यक्ष रामजी बजगाईँले उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बजगाईँले नयाँ कार्यसमितिले संघर्ष गरेर वन समुहको कार्ययोजना स्वीकृत गराउन सफल भएको बताउनुभयो ।त्यस्तै निजगढ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटुवालले उपभोक्ताले काठ नपाउने तर वन क्षेत्रमा काठहरु कुहिँएर गईरहेको भन्दै बेलैमा कटानमुछान गर्न आग्रह गर्नुभयो ।

निजगढ सब–डिभिजन वन कार्यालयकी प्रमुख वन अधिकृत शर्मिला नेपालले वनलाई नयाँ कार्यदिशातर्फ अगाडि बढाउन कार्यसमितिसँगै उपभोक्ताले पनि सक्रियता देखाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।साधारण सभामा आर्थिक प्रतिवेदन कोषाध्यक्ष रमा न्यौपानेले प्रस्तुत गर्नुभएको थियो भने वार्षिक कार्ययोजना प्रतिवेदन अध्यक्ष शान्ति पहरीले प्रस्तुत गर्नुभएको थियो । साधारण सभाले अध्यक्ष पहरी र कोषाध्यक्ष न्यौपानेले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।वन समूहकी अध्यक्ष शान्ति पहरीको अध्यक्षतामा भएको साधारण सभाको सञ्चालन सचिव शारदा फकामी र स्वागत मन्तव्य कोषाध्यक्ष रमा न्यौपानेले व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम सामुदायिक वनको संरक्षण र व्यवस्थापनमा उपभोक्ताहरूको सक्रिय सहभागिता अझ सुदृढ बनाउने प्रतिबद्धतासहित सम्पन्न भएको जनाइएको छ .

Leave a Reply