निजगढ,घरेलु हतियारसहित उद्योग परिसरमा पसेर होहल्ला गरेको अभियोगमा निजगढ प्रहरीले एकजनालाई पक्राउ गरेर कानुनी कारबाही अघि बढाएको छ ।प्रहरीले निजगढ ६ का अभिषेक शर्माले दिएको जाहेरीको आधारमा प्रहरीले निजगढ नगरपालिका वडा नम्बर ६ बस्ने अन्दाजी वर्ष २८ को सहदेव थापालाई पक्राउ गरी अभद्र व्यवहार मुद्दामा कारबाही शुरु गरेको हो ।अत्याधिक मदिरा सेवन गरी खुकुरी बोकेर निजगढ७ स्थित कान्तिपुर पोल्ट्री फर्ममा होहल्ला गर्दै घुमिरहेको अवस्थामा प्रहरीले थापालाई राति ९.३० बजे नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिनुभयो ।निरीक्षक कुशवाहाका अनुसारप्रहरीले थापाको साथबाट एक-एक थान खुकुरी र चक्कुसमेत बरामद गरेको छ ।

Leave a Reply