रगञ्ज ६ कार्तिक ।
हिन्दुहरुको महान पर्व मध्ये एउटा लक्ष्मी पुजा (तिहार—दिपावली) तथा छठ पर्वको महान अवसरमा बीरगञ्जमा यतिखेर छयाप छयाप्ती नक्कली पनिर तथा मिठाईहरुको विक्री ह्वातै बढेर गएको छ । जिल्ला प्रशासन तथा गुण स्तर तथा नाप जाँच कार्यालयको मिलि भगत वा उदासिन्ताले गर्दा नक्कली मिठाईका कारोवारीहरुको ब्यवसाय यतिखेर शहरमा चुलिएर गएको छ ।
नक्कली पनिर आफैमा चाम्रो हुने गर्छ सक्कली पनिर नरम हुन्छ । त्यसको स्वाद एकदम भिन्दै हुन्छ । भारत विहारको पटनाबाट सस्तो मूल्यमा (भारु १०० रुपैया प्रति केजी) मा खरिद गरी रक्सौल हुदै भन्सार नाका बाटनै बीरगञ्जमा ल्याई कालो ब्यवसायीहरु भण्डारण गरी रु ६ सयमा बिक्री गर्ने गरेका छन् । एक जना पनिर ब्यवसायीसंग यस विषयमा जानकारी माग्दा सक्कली पनिर ८ सयमा बिक्री गरेपनि नपोसाउने उनको तर्क सुनिन्छ ।
जिल्ला प्रशासनका कर्मचारीहरुको मिलोमतोमा माईस्थान स्थित संजय खोवा भण्डारका मालिक संजय यादव उ आफै पनि भारत विहार पटनाका स्थाई निवासी हुन । पटनताको मिठापुर स्थित बस अड्डाको पश्चिम पट्टी रहेको नक्कली पनिर उद्योगबाट संजयले कटवीन्टका कवीन्टल नक्कली पनिर तथा खोवा मगाई पर्वको सिजनमा दसौ लाखको व्यापार गर्ने गरेको यस दैनिकले विगतमा पनि पटक—पटक उजागर गर्दा जिल्ला प्रशासनको लेनदेनमा यादव आफ्नो कालो ब्यवसायलाई सूचारु हुने ढंगले संचालन गर्दै गरेको जो कोहिले पनि देख्न सक्ने अवस्था रहेको छ । संजयको पसलमा नक्कली पनिर मात्र होईन आयातित नक्कली खोवाबाट बनाइएका अरु मिठाईहरु पनि उनले विना अवरोप बिक्री गर्ने गरेको पसल अगाडी दिनहुको भिडले त्यसलाई पुष्टि पनि गरेको पाईन्छ ।
नक्कली मिठाईको कारोवार संजयले मात्र होईन बीरगञ्ज शहरका महाविर मन्दिर अगाडीका अनमोल मिठाई पसल तथा पुरानो हिमानचल केविनको छेउमा रहेको अन्नपूर्ण मिठाई तथा बेकरी पसलले पनि उहि नक्कली मिठाईको कारोवार गर्ने गरेको ठोकुवा गर्ने बजारमा बेग्लती उपभोक्ताहरु यदपी छन पनि । अनमोलले हाकाहाकी दुनियालाई आखाँमा छारो हाल्दै सुगर फ्रिको मिठाई बेच्ने गर्छ । सुगर फ्रि मिठाई भनेर बेच्ने उनको हैसियत नभए पनि बिक्री गर्छन । उक्त मिठाई बेचे बापत उनी माथि मुद्दा लाग्नु पर्ने हो तर विडबना त्यस्तो निकायको अभावले उनी जस्ता काला बजारियाहरु यतिखेर हौसिएका छन् ।
अनमोल तथा अन्नपूर्ण मिठाई पसलबाट कुनै पनि मिठाई खरिद गरी घर लानुस भोलि पल्टनै त्यसमा ढुसी पर्ने गर्छ शहरमा ठोकुवा गर्न उपभोक्ताहरुको कमी छैन । यसको कारण के होला ? यस प्रश्नको जवाफ पसले देखि प्रशासनसंग पनि यतिखेर भेटिनन् । आहत हुने उपभोक्ता नै हुन । ज्यान देखि पैसा समेत बरबाद हुने उपभोक्ताहरु हुन ।
मालाबाल हुने प्रशासन देखि कालाबजारियाहरु हुन, यसमा कसैको विमती नहुन सक्छ । मिलाउटि नक्कली पदार्थबाट हानिकारक ब्याकटिरिया भायीरस तथा रासयनिक पदार्थबाट मानवको क्षेती हुने प्रथमत मुटु तथा किडनी हो । यस्ता मिलाउटी पदार्थबाट ब्यक्तिको पेट खराब हुने देखि उसको लिबर समेत प्रभावित हुन्छ र साथै क्यान्सर जस्तो घातक रोग पनि हुने हुदा प्रसाशनको त्यता पटिबाट आखाँ चिम्लिनु आफैमा थप अन्य प्रश्नहरु यतिखेर उब्जेको छ ।


















