निजगढ,बाराको निजगढ नगरपालिका– ८ स्थित निजगढ महिला बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा शोभा राउत पुनः सर्वसम्मत चुनिनुभएको छ । संस्थाको १८औँ वार्षिक साधारण सभाबाट अध्यक्षमा राउतसहित संचालक समितिका पदाधिकारीहरु निर्विरोध चयन भएका हुन ।नवगठित कार्यसमितिको उपाध्यक्षमा ललिता सापकोटा, सचिवमा किरण श्रेष्ठ र कोषाध्यक्षमा भवानी अधिकारी निर्वाचित भएका छन् । सदस्यहरूमा गायत्री थापा र सीमा घिमिरे चयन भएका छन् ।

त्यसैगरी लेखा समितिको संयोजकमा सावित्रा दाहाल तथा सदस्यहरूमा मन्दिरा चौलागाईं र सविना श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् ।साधारण सभाले नयाँ कार्यसमिति निर्वाचनका लागि दुग्ध उत्पादक संघका केन्द्रीय सचिव थानेश्वर सापकोटाको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन मण्डल गठन गरेको थियो । निर्वाचन मण्डलका संयोजक सापकोटाले सर्वसम्मत रूपमा आएका नामहरू घोषणा गर्नुभएको थियो ।

संस्थाकी संस्थापक अध्यक्ष तथा निजगढ नगरपालिकाकी पूर्वउपप्रमुख लिला देवी लामिछाने खनालले नवनिर्वाचित पदाधिकारीहरू सपथ ग्रहण गराएर प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
निजगढ नगर उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न साधारण सभा अध्यक्ष राउतको अध्यक्षतामा सम्पन्न भएको थियो ।
साधारण सभामा सञ्चालक समितिको वार्षिक प्रगति प्रतिवेदन अध्यक्ष राउत, लेखा समितिको प्रतिवेदन अरुणा मैनालीले र कोषाध्यक्षको प्रतिवेदन किरण श्रेष्ठले प्रस्तुत गरेका थिए ।कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट सदस्य तथा कर्मचारीहरूलाई सम्मान गरिएको थियो । उत्कृष्ट जेष्ठ बचतकर्ता सम्मान शोभा बडाल, उत्कृष्ट नियमित मासिक बचतकर्ता मैया देवी सापकोटा, उत्कृष्ट दैनिक बचतकर्ता कान्छीमाया श्रेष्ठ, असल ऋणी कल्पना सापकोटा, उत्कृष्ट बाल बचतकर्ता कृतिका तिमल्सिना र उत्कृष्ट शेयर सदस्य लिला देवी लामिछाने खनाललाई सम्मान गरिएको हो ।
संस्थामा विशेष योगदान पु¥याएको भन्दै कर्मचारी बिन्दा चौलागाईंलाई उत्कृष्ट कर्मचारी वर्ष २०८१ बाट सम्मान गरिएको थियो ।

Leave a Reply