वीरगञ्ज,गौर हत्याकाण्डका दोषीहरुलाई पक्राउ गरि कारबाही र पीडितहरुलाई न्यायको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा पनि ज्ञापनपत्र बुझाइएको छ । वीरगन्जमका नागरिक समाजका अगुवाले आइतवार जिल्ला प्रशासन कार्यालयमा पुगेर सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।रौतहटको गौरस्थित राइसमिल प्रांगणमा २०६३ साल चैत गते तत्कालीन मधेसी जनअधिकार फोरम र तत्कालीन नेकपा माओवादीका कार्यकर्ताबीच झडप हुदाँ माओवादीका २८ जना कार्यकर्ता मारिएका थिए । उक्त घटना गौर हत्याकाण्डका नामले चर्चित छ ।उक्त हत्याकाण्ड भएको १७ वर्ष बितिसक्दा पनि त्यसमा संलग्नहरुलाई अझैसम्म कारबाही गर्नुका सट्टा राज्यले नै संरक्षण गरेर राखेकोले हत्याकाण्डका दोषीहरुलाई तत्काल पक्राउ गरि कारबाही गर्न र घटनामा मारिएकाहरुको परिवारलाई क्षतिपुर्ति उपलब्ध गराउन माग गर्दै पर्साका सहायक प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाइएको ज्ञापनपत्र बुझाउन गएको टोलीका अगुवा बाबुराम कौशीकले बताउनुभयो ।

Leave a Reply