भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त हुदै गर्दा शुुशीला कार्कीका सामु चुनौतीको पहाड थियो । देश निकै भद्रगोल अवस्थामा थियो । तर तीन महिनाको यो अवधिमा देशमा धेरै कुरा परिवर्तन भएका छन् ।मुख्यतः त्यत्तिबेला शेरबहादुर देउवा, केपी ओली र प्रचण्ड समेतको अनुहान हेर्दिन भनेको मान्छे सुशीला कार्की शनिबार यिनीहरुलाई नै अगाडि राखेर म त पाहुना मात्रै हो, मुख्य त तपाईहरु नै हो भन्नुभयो । यसले सुशीला कार्कीले देश राजनीतिक दललाई नै सुम्पिन चाहेको कुरा प्रष्ट पनि हुन्छ । त्यसो त देशमा एक अर्कालाई निषेध गर्ने कुरा जायज पनि होइन ।

फेरि कार्यकारी पदमा रहेको व्यक्तिले नै निषेधको कुरा गर्ने हो भने देशमा फेरि लडाइ हुन्छ र यसले कसैलाई पनि फाइदा गर्दैन । संभवतः त्यही भएर पनि कार्कीले शीर्ष नेताहरुलाई संवादका बोलाएको देखिन्छ र यो उहाँको कर्तव्य पनि हो । चुनाव नै लोतन्त्रको सुन्दर विधि हो । यो सरकारले घोषणा गरेको चुनावमा दलहरुलाई विश्वासमा लिनुनै पर्दछ । नँया पुराना सबै चुनावमा नै जाने हो, जीत हार त जनताले जसलाई पत्याउँछन् उसैले जित्ने हो ।
चुनावमा धाँधली हुनुभएन र गर्न पनि भएन । हिजो यी पुराना दलले केही हदसम्म धाँधली गरेकै हुन् । अब नहोस् । जनताको मतको संरक्षण होस् । यति भएपछि त दलहरुले चुनावको विरोध गर्नुको अर्थ हुदैन । सरकारले संवाद गरेकाले पनि संवादहिनताको अवस्था पनि रहेन । जे भएपनि सुशीला कार्कीको यो राम्रो काम हो । सहनीय पनि कदम हो । अब सबैलाई विश्वासमा लिएर शान्तिपूर्ण रुपमा चुनाव गरेपछि सुशीला कार्कीको संधैको लागि जयजयकार हुनेछ र देशमा पनि शान्ति पक्कै छाउनेछ ।














