हरियो वन नेपालको धन थियो कुनै बेला तर आज नेपालको वन बिस्तारै मासिदै गइरहेको छ । वन मासिनुमा दोषी को हो त्यसको त फरक तरिकाले समीक्षा होला तर वन बिनास रोक्नु चैं सबैको दायित्व हो । अहिले सुख्खा मौसम चलिरहेको छ । चैत,बैशाख भनेको सुख्खा समय नै हो । यो मौसममा हावाहुरी बढी चल्ने हुँदा आगलागीको पनि जोखिम उच्च हुने गर्दछ । आगलागीका कारण तराई मधेशमा मात्र होइन देशका केही भागमा समेत जनधनको क्षति हुने गरेको छ । सानो गल्तीका कारण पनि ठूलो मानवीय क्षति हुने गरेको छ ।
यस्तोमा सावधानी अपनाउन अति आवश्यक छ । वनमा त झन् डढेलाको जोखिम यसैपनि बढी हुन्छ । जानीबुझी पनि वनमा आगो लगाउने गरिन्छ । यो हिसावले पनि वन बढी जोखिममा रहने नै भयो । वनको संरक्षण भएको खण्डमा मात्र बातावरण पनि स्वच्छ हुने नै हो । बातावरण स्वच्छ भएको खण्डमा हामीपनि स्वच्छ नै रहने हो यो कुराको हेक्का सबैलाई नभएको पनि होइन तर किन किन अनबिज्ञता चैं भएको देखिन्छ र भएको वन पनि सखाप गर्ने गरिन्छ ।
डढेलो आफै लगाउनु पनि उचित होइन । बिज्ञहरुले यही कुरामा बढी जोड दिन्छन् तैपनि आगो लगाउने गरिन्छ । बाराको निजगढको साुमदायिक वनका केही ब्यक्तिहरु वन जोगाउनका लागि लागेको कुरा आएको छ । बिशेषगरी आगलागीबाट वन जेगाउने कुरा निकै प्रशंसनीय छ । यो कार्यको अरुले पनि अनुशरण गर्न आवश्यक छ । वन सबैको सम्पत्ति हो भन्नेमा पनि सबैले ख्याल गर्न चैं जरुरी छ ।