पुष्पराज खतिवडा
मन्हर्वा – जनमत पार्टिका सन्योजक डा. सिके राउत उपस्थितीमा बाराको कलैया विशाल जनसभा सम्पन्न भएको छ । सभालाई सम्बोधन गर्दै राउतले स्वतन्त्र मधेशको मुद्दा आफुले नछोडेको बताएका छन् । स्वराजको मुद्धा जिबितै छ, यो मुद्दा मरेको छैन, राउतले भने ।
मधेशी जनताको अधिकार स्थापितका निमित्त आफु राजनितिमा प्रवेश गरेको उनको भनाई थियो । मधेशले अधिकार पाउने विस्वासमा धेरैले मधेशी जनताले गरेको बलीदानी निरर्थक भएको उनको भनाई थियो । सयौंको बलिदानी मुठ्रठी भरका सामान्तहरुका लागि सरकार सम्म पुग्ने भ¥याङ्ग मात्रै बन्यो । आन्दोलनमा जनता मार्ने सत्तामा आफु आफ्नाका लागि काम गर्ने वर्तमान मधेशकेन्द्रित दलहरुको रबैयाले मधेशी जनतालाई पटकपटक धोकाधाडी भएको उनको तर्क थियो ।
मधेश केन्द्रीत दलका महामहिमहरु जनताका लागि भन्दापनी आफ्नो ब्यक्तिगत स्वार्थमा लागेकाले मधेशले अधिकार पाउने अवस्था सकिएको उनको तर्क थियो । सरकारबाट भरर्खरै बाहिरिएका समाजबादीका अध्यक्ष समेत रहेका उपेन्द्र यादवका हातमा हत्कडी लाग्ने समय नजिकीएको उनले बताए । गौर नरसंहारले उनलाई नछोड्ने डा. राउतको भनाई थियो । यादव मात्रै नभएर मधेशमा बढ्दो भ्रष्टचार यीनै मधेशी नेताको आडमा भैरहेको भन्दै सबै नेता एकदिन जेलजाने उनको भनाई थियो ।
सदरमुकाम कलैया स्थीत सिद्धेश्वर मन्दिर परिषरमा आयोजित सभामा भएको उनको आमसभामा हजरौको भिड देखिएकोछ । बारामा डा. राउतको पार्टीले पहिलो पटक आमसभाको आयोजना गरेको हो ।