कलैया,प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा सुशासन कायम गर्न स्थायी सत्ता अर्थात कर्मचारी इमान्दार हुनु आवश्यक रहेको बताउनु भएको छ । प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम अन्तर्गत प्रादेशिक सुशासन केन्द्रले महोत्तरीको बर्दिवासमा आयोजना गरेको समिक्षा एवं अनुशिक्षण कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले कर्मचारी इमान्दार हुन आवश्यक रहेको बताउनुभएको हो । कर्मचारीतन्त्रको मिलोमतो बिना अनियमितता हुनै नसक्ने भन्दै मुख्यमन्त्री राउतले जनप्रतिनिधिलाई नियम कानुन बुझाउने जिम्मा समेत स्थायी सत्ता अर्थात कर्मचारीहरुकै रहेको उल्लेख गर्नुभयो ।

सुशासन कायम गर्ने पहिलो खुडकिलो स्वमुल्यांकन रहेको उल्लेख गर्दै उहाँले स्वमुल्यांकनलाई प्राथमिकतामा राख्न स्थानीय तहका प्रशासकीय अधिकृतहरुलाई निर्देशन समेत दिनुभयो । जनप्रतिनिधिहरु एउटा निश्चित अवधी मात्र रहने तर कर्मचारीहरु लामो समय रहने भएको हुनाले सुशासन कायम गराउने ठुलो दायित्व कर्मचारीहरुकै काँधमा रहेको उहाँले बताउनुभयो ।

प्रदेश २ मा भ्रष्टाचार अन्तको लागि जनलोकपाल आयोग गठन भै सकेको जानकारी गराउदै मुख्यमन्त्री राउतले अनियमितता गर्ने जो कोहीलाई पनि कारबाही गर्ने अधिकारी आयोगको रहेको हुँदा सचेत रहन आग्रह समेत गर्नु भयो । उहाँले जनलोकपाल आयोगले कारबाही तीव्र पारेकोले सबै कर्मचारीलाई सचेत रहन आग्रह पनि गर्नुभयो । सुशासन कायम गर्ने पहिलो खुड्किलो स्वमूल्यांकन रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले यसलाई प्राथमिकतामा राख्न स्थानीय तहका प्रशासकीय अधिकृतहरुलाई निर्देशन दिनुभयो ।

मुख्यमन्त्री कार्यालयका सचिव यमप्रसाद भुषालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख सचिव हरिप्रसाद मैनाली, संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका सह सचिव वसन्त अधिकारी, मुख्यमन्त्री कार्यालयका सचिव विष्णु ढकाल सहितको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रदेश २ स्थित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागिता रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here