लागु औषध भनेपछि पछिल्लो समय विकृतिको रुप देखिएको छ । लागु औषधका कारण समाजमा गलत क्रियाकलाप पनि भइरहेका छन् र समाजमा ठूला अपराध पनि भएइका छन् । तराई मधेसको सवालमा त झन्े धेरै यस्ता घटनाहरु बढी रहेको प्रहरीको तथ्यांकले पिन पुष्टी गरेको छ । तराई मधेस त लागू औषधका लागि मुख्य स्थान नै बनिरहेको पनि देखिएको छ । लागु औषधका विषयमा हुन त बेला बेलामा बहस त भइरहकै छ तर यत्ति धेरै विकृति हुने गरी लागु औषधको भण्डारण गरिनु हुँदैन ।
विगतमा तराई मधेसमा लागु औषधका बिरुद्धमा अभियान पनि संचालन गरेको पाइन्थ्यो त्यसो त यहाँ विगतमा लागु औषधको उत्पादन पनि व्यापक हुने गर्दथ्यो तर पछिल्लो समय भने यसको उत्पादनभन्दा पनि बढी भण्डारण हुने गरेको छ । भारत वा तेश्रो देश निर्यात गरेर आम्दानी गर्ने सवालमा त फरक बहस होला तर यसको उपभोग गरेर समाज नै लागु औषधमय भने बन्न दिनुहुन्न ।
यसले समाज विकृतितर्फ अगाडि बढ्नेछ । मधेसमा पनि विकृतिका कारण लागू औषध देखिएको छ । अब एक पटक फेरि मधेसमा लागु औषध विरुद्ध अभियान संचालन गर्न आवश्यक छ । सबैले मिलेर यो अभियान संचालन गरियो भने कम्तिमा यसैका कारण समाजमा हुने अपराध नियन्त्रणमा ल्याउन सकिनेछ नत्र यसले झनै विकृति फैलाउनेछ ।

















