हेटौंडा –  बागमती प्रदेशको स्थायी राजधानी हेटौंडा कायम भएकोमा हेटौंडा उपमहानगरपालिकाले स्वागत गर्दै दिपावली समेत गरेको छ । प्रदेशको स्थायी राजधानी हेटौंडा कायम गरेकोमा प्रदेशसभाका सांसदहरु प्रति आभार प्रकट गर्दै स्वागत गरिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो ।

 

 

 

राजधानी भएको खुसीयालीमा आज साँझ हेटौंडा उपमहानगरपालिकाले हेटौंडाको वुद्धचोकमा दिपावली गरेको छ । यसैगरी हेटौंडा उपमहानगरपालिका कार्यलय, वडाकार्यालयहरुमा समेत दिप प्रज्वलन गरिएको हो । प्रदेशको स्थायी राजधानी हेटौंडा पाउनु अत्यन्तै गौरवको कुरा रहेको मेयर महतले वताउनुभयो ।

 

 

 

 

 

राजधानी हेटौंडा र नाम वागमती तोकिएकोमा प्रदेश सरकारका मुख्यमन्त्री, सभामुख, मन्त्रीहरु, प्रदेशसभाका सदस्यहरु सवैमा आभार समेत मेयर महतले प्रकट गर्नुभएको छ । यो खुसीयालीका अवसरमा दिपावली गरिएको हो ।

Leave a Reply