निजगढ,निजगढका युवाहरुको संस्था युुथ अफ निजगढको अध्यक्ष पदमा सन्तोष पौडेल सर्वसम्मत चयन हुनुभएको छ ।
शनिवार निजगढमा भएको संस्थाको १२ औं वार्षिक साधारण सभाले अध्यक्षमा पौडेलसहित सबै पदाधिकारीहरुलाई सर्वसम्मत चयन गरेको हो ।सभाले उपाध्यक्ष मनिता पाण्डे, महासचिव अशोक श्रेष्ठ, सचिव जगतबहादुुर न्यौपाने, कोषाध्यक्ष प्रेमबहादुुर अधिकारी, सहसचिव मुक्ति सुुवारलाई चयन गरेको छ ।
त्यसैगरी सदस्यहरुमा मुकुन्द विष्ट, अनिश पोखरेल, विपाशा बजगाई, श्रीराम पौडेल, रवि कार्की चयन भएका छन । कार्यसमितिका दुुई जना सदस्य पछि थप गरिने संस्थाले जनाएको छ ।कार्यक्रममा संस्थाका अध्यक्ष कमल पराजुलीले वार्षिक प्रगति विवरण, सचिव अशोक श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुुत गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि संस्थाका वरिष्ठ सल्लाहकार भाईकाजी श्रेष्ठले निर्विवाद रुपमा समाजसेवाको परोपकारी कार्य गर्दै आएको संस्थाले निजगढमा छुुट्टै पहिचान बनाएको र आगामी दिनमा पनि संस्थाले आफ्नो पहिचान अभिवृद्धि गर्दै लैजानुपर्ने बताउनुभयो ।त्यसैगरी संस्थाका वरिष्ठ सल्लाहकार जीतलाल श्रेष्ठले संस्था गठन गर्न सजिलो भएपनि यसलाई निरन्तर सञ्चालन गर्न त्यति नैं कठिनाई र चुुनौती भएको बताउनुभयो । उहाँले काम गर्ने क्रममा आइपर्ने समस्यालाई सबै मिलेर समाधान निकाल्नुपर्नेमा जोड दिनुभएको थियो ।
त्यसैगरी संस्थाका संरक्षक जनक श्रेष्ठले पनि संस्थालाई जिवन्त बनाई राख्न आफ्ना गतिविधिलाई निरन्तर जारी राख्नुपर्ने बताउनुभयो । नव निर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई सल्लाहकार एंव निर्वाचन मण्डलका संयोजक जीतलाल श्रेष्ठले सपथ ग्रहण गराउनुभएको थियो ।निजगढ नगरपालिका ४ मोहोरीस्थित श्री गणेशमान पार्कमा सम्पन्न सो कार्यक्रममा संस्थाका संरक्षक प्रकाश श्रेष्ठ, पूर्वअध्यक्षहरु खड्गराज मैनाली, राजन श्रेष्ठ, गंगा माया श्रेष्ठ, उत्सव श्रेष्ठ, इराज कोइराला, कमल बजगाई लगायतको सहभागिता थियो ।
संस्थाका अध्यक्ष कमल पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष सन्तोष पौडेलले गर्नुभएको थियो भने कार्यक्रम सहजीकरण मनिता पाण्डे र इराज कोइरालाले गरेका थिए ।संस्थाले राष्ट्रिय स्तरका कलाकारहरुलाई सहभागी गराएर विगत १२ वर्षदेखि फागुु पूूर्णिमाको अवसरमा प्रि–होली कन्र्सल्टलगायत नगरका असाहय, अपाङ्ग, गरिब, विपन्न, दीर्घरोगी, दैविप्रकोप पीडीतहरुलाई आर्थिक सहयोग कार्यक्रम संचालन आएको छ ।


















