निजगढ,प्रथम विकल रेग्मी स्मृति जुनियर फुटवल प्रतियोगिता अन्तर्गत बिहीवार भएका २ खेलमा वडा नम्बर १ र वडा नम्बर ७ को टोली विजयी भएको छ ।पहिलो खेलमा वडा नम्बर १ ले वडा नम्बर १३ लाई १-० मा पराजित गरेको थियो भने दोस्रो खेलमा वडा नम्बर ७ ले वडा नम्बर २ लाई टाइबे्रक्ररमा पराजित गरेको हो ।वडा नम्बर १ का प्रकाश मोक्तानले गरेको एकमात्रै गोल वडा नम्बर १ को जितको लागि पर्याप्त बनेको थियो । प्रकाशले मध्यान्तरपछिको दोस्रो मिनेटमा गरेको गोल निर्णायक बनेको हो । सो खेलको म्यान अफ दि म्याच पनि प्रकाशले नै हात पारेका छन । उत्कृष्ट खेलाडी प्रकाशलाई वडा नम्बर १ का वडा अध्यक्ष मंगले लोप्चन, वडा नम्बर १३ का वडा अध्यक्ष सूर्यबहादुर घलान, रेडियो निजगढका प्रबन्धक गोकुल घोरसाइने, स्व. विकल रेग्मीकी आमा कमला रेग्मीले १ हजार नगद र ट्रफी प्रदान गरेका थिए । जितसंग वडा नम्बर १ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्यसैगरी वडा नम्बर ७ ले भने जितको लागि अन्तिम समयसम्म नै संघर्ष गर्नुपरेको थियो । निर्धारित समयमा दुबै टोलीले १÷१ गोलको बराबरी खेलेपछि टाइबे्रक्ररमा धकेलिएको खेलमा वडा नम्बर सात ५÷० विजयी भएको हो । मध्यान्तरपछिको ७औं मिनेटमा उज्जल मगरको गोलमा अग्रता बनाएको वडा नम्बर ७ विरुद्ध वडा नम्बर २ का पुष्कर क्षेत्रीले लगत्तै गोल फर्काएर खेल बराबरीमा पु¥याएका थिए ।सो खेलको म्यान अफ दि म्याच वडा नम्बर ७ का राम अर्जेले हात पारेका छन । अर्जेललाई वडा नम्बर ७ का वडा अध्यक्ष टेकबहादुर लामालगायतले पुरस्कार र ट्रफी प्रदान गरेका थिए । शुक्रवारको पहिलो खेलमा वडा नम्बर ३ र ४ तथा दोस्रो खेलमा वडा नम्बर ८ र ११ बिच प्रतिस्पर्धा हुने आयोजक निजगढ फुटबल क्लबका शम्भु थापाले जानकारी दिनुभयो । निजगढ नगरपालिकाको आयोजनामा निजगढ ९ स्थित शहीद हिरालाल रंगशालामा शुरु भएको प्रतियोगिताको विजयी टोली ५० हजार नगद पुरस्कार र ट्रफी प्राप्त गर्नेछ ।



















