कलैया,प्रहरीले बाराको सिम्रौनगढबाट लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । बोरामा लुकाएर भारतर्फ लैजादै गरेको अवस्थामा प्रहरीले शुक्रवार राति उनीहरुलाई ६४ किलो गाँजासहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका ३ नयकाटोलका ४० वर्षीय राजकिशोर हजरा र भारत मोतिहारीका ५० वर्षीय सुरेश नामका एक व्यक्ति रहेका छन् । ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक कृष्णदेवप्रसाद साह र प्रहरी चौकी अमृतगञ्ज खजानी बाराबाट प्रहरी सहायक निरीक्षक विश्वराजप्रसाद कुशवाहाको नेतृत्वमा रहेको प्रहरी टोलीले राति २२ः३० बजे उनीहरुलाई गाँजासहित पक्राउ गरेको हो । उनीहरुको साथबाट चार बोरा गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुलाई सिम्रौनगढ नगरपालिका वडा नम्बर ३ बडपुरवास्थित गगनानगरबाट नयाकाटोल जाँदै गरेका बेला पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक सुरेशराज भट्टले जानकारी दिनुभयो ।

Leave a Reply